Monday, April 20

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा / एभिनियर क्लव क्यामरुनसंग डियर क्लव तरहारा १–० ले पराजित ।

उदयपुरको चौदण्ढिगढि नगरपालिका वडा नम्बर ४ बर्खेडाडामा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता हिजो भएको खेलमा अफ्रिकन खेलाडी सम्मिलित एभिनियर क्लव क्यामरुन विजयी भएको छ । एभिनियर क्लव क्यामरुन विजयी भएसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ । यसअघि भएका खेलहरुबाट चारतारे क्लब मोरङ्ग, जिल्ला फुटवल संघ भोजपुर र चर्च ब्वाइज क्लब काठमाडौ सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । आज भएको समुह चरणको अन्तिम खेलका डियर क्लव तरहारालाई पराजित गर्दै एभिनियर क्लव क्यामरुन सेमिफाइनलमा पुगेको छ । पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले गोल गर्न सकेन भने मध्यान्तर पछि खेलको ३३ औ. मिनेटमा एभिनियर क्लब क्यम्रुनका जर्सी नं ७ का खेलाडी अब्दुल्लाह ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि थप कुनै गोल हुन सकेन भने निर्धारित ७० मिनेटको खेलमा अब्दुल्लाको गोलनै निर्णायक बन्दा डियर क्लव तरहरा पराजित हुदै खेलबाट बाहिरिएको छ । हिजोको खेलमा एभिनियर क्लब क्यम्रुनका जर्सी नं ७ का खेलाडी अब्दुल्लाह म्यान अफ दि म्याच घोषित भएका थिए भने उनलाई प्रायोजक श्री नारद आदर्श माबि बर्खेडाँँडाले नगद ५ हजार रुपैयाँ पुरुस्कार प्रदान गरेको थियो । विदेशी खेलाडी सम्मिलित एभिनियर क्लब क्याम्रुन र अन्डर १८ का राष्ट्रिय टिमका खेलाडिहरु सम्मिलित डियर क्लब तरहराको खेल हेर्न अन्य दिनको तुलनामा आज दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । यस्तै प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमिफाइनलको खेल चर्च ब्वाइज क्लव काठमाडौ र चारतारे क्लब मोरङ बिच दिएँसो २ बजे हुने आयोजकले जनाएको छ ।