Monday, April 20

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

उदयपुरमा चौदण्डीगढी नगरपालिकाको बसहामा जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुन फाइनल प्रबेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा एभिनियर क्लब क्यामरुनले जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिला हाफमा दुबै टिमबाट गोल हुन सकेको थिएन भने खेलको दोश्रो हाफको ४८ औं मिनेटमा एभिनियर क्लब क्यामरुनका जिकाले गोल गरेका थिए । त्यसपछि थप गोल हुनसकेन भने एभिनियर क्लब क्यामरुन जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएको थियो । अब फाईनल खेल असोज १६ गते आईतवार दिउँसो २ बजे एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ बिच हुने आयोजकले जनाएको छ ।