Friday, July 31

Author: खाँटी कुरा

किराती राजा यलम्बरको शालिकसहितको उद्यान उद्घाटन विवाद समाधान उन्मुख

किराती राजा यलम्बरको शालिकसहितको उद्यान उद्घाटन विवाद समाधान उन्मुख

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १५ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको प्रथम किराती यलम्बरको ११० फिट अग्लो शालिकसहितको यलम्बर पार्क (उद्यान) उद्घाटन विवाद समाधान उन्मुख भएको छ । बुइपास्थित पञ्चदोबाटोमा स्थापना गरिएको विश्वकै सबैभन्दा अग्लो यलम्बरको शालिकसहितको पार्क उद्घाटनको विषयमा नगरपालिका र वडा कार्यालयबीच विवाद चुलिएपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको समन्वयमा भएको छलफल सहमति नजिक पुगेको हो । कोशी प्रदेश सरकारको ७० तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा स्थापना गरिएको यलम्बरको शालिकसहितको पार्क नगरपालिकाले वैशाख–१७ गते र वडा कार्यालय बुइपाले वैशाख–१८ गते उद्घाटन गर्ने मिति तय गरेपछि बिवाद चुलिएको थियो । नगरपालिकाको गौरवको योजनमा पर्ने यलम्बर पार्क उद्घाटनमा प्रमुख अतिथिको विषयलाई लिएर नगरपालिका र वडा कार्यालयबीच विवाद भएको हो । नगरपालिका र वडा कार...
खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने

खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १४ वैशाख । खोटाङमा तीन स्थानीय तहले आइतबार पनि विद्यालयहरुमा पठनपाठन सञ्चान गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय गरेको हो । सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिएपनि तीन पालिकाले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख-१२ गते बसेको कार्यपालिका बैठकबाट आइतबार पनि पठनपाठन गराउने निर्णय गरेको हो । सङ्घीय सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि विद्यमान पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने भन्दै तीन पालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय गरिएको जनाएकाे छ । वैशाख-१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराइले बताउनुभएको छ । नगरपालिकाभित्...
तीनपटक प्रथम भएसँगै रणभीम गणले पच्यो वाहिनीपति ट्रफीको उपाधि

तीनपटक प्रथम भएसँगै रणभीम गणले पच्यो वाहिनीपति ट्रफीको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १४ वैशाख । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङ ‘वाहिनीपति ट्रफी–२०८३’ अन्तरगतका चार खेलमा स्वर्ण पदक हासिल गर्दै च्याम्पियन बनेको छ । वाहिनी अड्डा अन्तरगत विभिन्न जिल्लाका ब्यारेकमा आयोजना गरिएको नौँ विद्याका खेलहरुमध्ये भलिबल, बास्केटबल, स्वीमिङ र एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक हासिल गर्दै गण तेस्रो पटक च्याम्पियन बनेको हो । वि.सं. २०८१ सालदेखि लगातार तीनपटक च्याम्पियन बनेसँगै रणभीम गणले वाहिनीपति ट्रफीको रनिङ शिल्ड पचाउन सफल भएको छ । लगातार तीन पटक च्याम्पियन भएसँगै बाहिनी अड्डा अन्तरगतका गणहरुमध्ये रणभीम गण सर्वोत्कृष्ट भएको वाहिनी अड्डा उदयपुरले जनाएको छ । रणभीम गण च्याम्पियन बनेसँगै नम्बर १८ बाहिनी अड्डा भुल्के उदयपुरका वाहिनीपति सहायकरथी बिमलकुमार बस्नेतले गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेलाई ट्रफी प्रदान गर्नुभएको छ । वाहिनी अड्डामा शनिबार आयोजना ग...
प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमासहितको उद्यान उद्घाटन विवादमा

प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमासहितको उद्यान उद्घाटन विवादमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १३ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको पूर्णकदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) उद्घाटन विवादमा परेको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गरिएको पार्क कसको हातबाट र कुन मितिमा गर्ने भन्ने विषयमा वडा कार्यालय र नगरपालिकाबीच मतभेद देखिएको हो । वडा कार्यालय बुइपाले यही वैशाख–९ गते शुभम् फाउण्डेसन सोल्मामा पत्रकार सम्मेलन गर्दै वैशाख–१८ गते साकेला उँभौलीको अवसर पारेर श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’को हातबाट गराइने जानकारी दिएको थियो । तर, वैशाख–१२ गते बसेको नगर कार्यपालिका बैठकले भने, वैशाख–१७ गते बिहान ८ः३० बजे कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र किरात रा...
छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : मात्तिमलाई हराउँदै बाहुनीडाँडाले चुम्यो उपाधि

छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : मात्तिमलाई हराउँदै बाहुनीडाँडाले चुम्यो उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १३ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आयोजना गरिएको ‘छैँटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडले चुमेको छ । सोल्मास्थित सोल्मा खेलमैदानमा शनिबार साँझ सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका–५ मात्तिमबिर्तालाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पछि पार्दै बाहुनीडाँडाले प्रथम उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै वडाबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमार्फत छिनोफानो गरिएको थियो । वैशाख–८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले उद्घाटन गर्नुभएको वडास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका १४ वडाको सहभागिता जनाएको आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माले जनाएको छ । छैटौँ उपाधि विजेता बन्न सफल बाहुनीडाँडाले रु एक लाख ११ हजार १११ र उपविजेता मात्तिमविर्ताले रु ६६ हजा...
सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी

सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १२ वैशाख । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङसँग ठेक्का सम्झौता गरिएका १९ वटा योजनाको काम सुरु गर्न निर्माण व्यवसायीहरूले अटेर गरेका पाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०८२÷०८३ मा बजेट विनियोजन भइ ठेक्का सम्झौता गरिएका १९ योजनाका निर्माण कम्पनीले काम सुरु नगरेको पाइएको हो । ठेक्का सम्झौता गरेर विभिन्न बहानामा काम सुरु नगरेपछि कार्यालयको तर्फबाट निर्माण व्यवसायीहरूलाई अन्तिम चेतावनी दिइएको कार्यालय प्रमुख विमन दाहालले बताउनुभयो । “हाम्रो कार्यालयबाट चालू आर्थिक वर्षमा कूल १२३ वटा योजनाको ठेक्का सम्झौता भएको छ । पटक–पटक खबरदारी गर्दा पनि निर्माण सुरु नगरेपछि १९ वटा कम्पनीका नाममा अन्तिम सूचना प्रकाशन गरिएको छ”, उहाँले भन्नुभयो, “तोकिएको समयमा काम सम्पन्न नगरे नियमअनुसार सम्झौता रकमको आधारमा प्रतिदिन शून्य दशमलव शून्य पाँच (०.०५) प्रत...
रणभीम गण मुडे ब्यारेक खोटाङबाट ९४ जना सैन्य जवान दीक्षित

रणभीम गण मुडे ब्यारेक खोटाङबाट ९४ जना सैन्य जवान दीक्षित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ११ वैशाख । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङबाट ९४ जना सैन्य जवान दीक्षित भएका छन् । सिं.सं. १० अन्तरगत भर्ना भएका ९४ जनाले नौँ महिना लामो ‘सैन्य आधारभूत तालिम’ सफलतापूर्वक पुरा गरेसँगै शुक्रबार मुडे ब्यारेकमा आयोजित कार्यक्रमबाट दीक्षित भएका हुन् । सैन्य तालिम समापन भएसँगै तालिममा सहभागी विभिन्न जिल्लाका ९४ जना युवा नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएको रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले जानकारी दिनुभएको छ । “विभन्न चरणमा गरिएको छनोट चरण पार गरेका सबैले तालिममा सफलता पूर्वक सहभागिता जनाएका छन्”, उहाँले भन्नुभयो, “तालिम पश्चात दीक्षित भएका उनीहरु सबैलाई देशका विभन्न ठाउँमा सञ्चालित ब्यारेकहरुमा आवश्यकताको आधारमा पठाइएको छ” रणभीम गणमा वि.सं. २०८२ असार–२ गतेदेखि सुरु भएको उक्त सैन्य आधारभूत तालिम वि.सं. २०८३ वैशाख–११ गते समापन गरिएको छ । मुडे ब्यार...
किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने

किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने

अर्थ, कर्णाली प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, संगीत, समाचार, समाज
खोटाङ, १० वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) यही वैशाख–१८ गते उद्घाटन गरिने भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहितको पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्क प्रमुख अतिथिको विषयलाई लिएर पहिचान पक्षधरले गरेको बिरोध तथा भुक्तानी ढिला हुँदा सञ्चालन हुन सकेको थिएन । शालिक तथा पार्क निर्माण सम्पन्न भएको करिब १४ महिनासम्म पनि उपयोगविहीन भएपछि किरात राई समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर उद्घाटन गर्ने तयारी गरिएको हो । कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको यलम्बरक...
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १० वैशाख । खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन्दै गाउँपालिकाले यही वैशाख–१३ गतेदेखि सबै विद्यालयमा पठकन–पाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । विद्यमान पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने भएकाले अर्को व्यवस्था नभएसम्म वैशाख–१० गतेसम्म भर्ना अभियान र १३ गते आइबारबाट पठन–पाठनका लागि विद्यालय सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले बताउनुभएको छ । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णयअनुसार सबै विद्यालयमा वैशाख–१३ गते आइबारदेखि पठन–पाठन सुरु हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को चैत–१२ गते बसेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दि...
छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु

छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, ८ वैशाख । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाले विजयी यात्रा सुरु गरेको छ । सोल्मास्थित क्लबको आफै खेलमैदानमा आयोजना गरिएको ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ पुरुष फुटबल प्रतियोगितामा सोल्माले सोही नगरपालिकाको वडा नं. ६ नेर्पालाई तथा बाँझेच्यानडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पालाई हराएको हो । सोल्मा र नेर्पाबीच भएको पहिलो खेलको निर्धारित समयभित्र दुवैतर्फको गोल नभएपछि ट्राईब्रेकरमार्फत प्रतियोगिताको छिनोफानो गर्दा सोल्माले नेर्पालाई ४–३ को गोलअन्तरले पराजित गरेको आयोजकले जनाएको छ । यस्तै, दोस्रो खेलमा दोर्पालाई २–१ गोलअन्तरले पराजित गर्दै बाँझेच्यानडाँडाले आफ्नो विजयी यात्रा सुरु गरेको हो । पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल...