Monday, September 14

अपराध

दिक्तेलमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीद्धारा निस्कृय पारियो

दिक्तेलमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीद्धारा निस्कृय पारियो

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ भदौ । दिक्तेल बजारमा आइतबार साँझ फेला परेको नेपोलाइट नामक विस्फोटक पदार्थ (बम) नेपाली सेनाको बम डिस्पोजल टोलीले आज (सोमबार) निस्कृय पारेको छ । बेवारिसे अवस्थामा स्थानीयले भेटेका बमलाई रणभीम गण मुडे ब्यारेकका बम डिस्पोल टोलीले सोमबार बिहान साढे दश बजो निस्कृय पारेको हो । बेसक्याम्पस्थित तारा सुन्दासको बारीमा सुगुरको खोर बनाउन स्थानीयले जमिन खन्नेक्रममा आइतबार साँझ बम फेला पारेका थिए । बेवारिसे अवस्थामा भेटिएको बम नेपाल प्रहरीले सोही स्थानमै रातभर सुरक्षित राखेर आज बिहान मात्रै निस्कृय गरिएको गणपति प्रमुख सेनानी (कर्णेल) पवन कार्कीले जानकारी दिनुभएको छ । दिक्तेल बजारको मध्येभागमा पर्ने बेसक्याम्पमा नेपालमा भएको दश वर्षे द्वन्द्वकालका बेला सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले आफ्नो सुरक्षाका लागि बेसक्याम्पमा विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएक...
दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ (बम) फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ (बम) फेला

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ (बम) फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्नेक्रममा आइतबार साँझ बम फेला पारेका हुन् । स्थानीयले भेटेका बमलाई भोलि (सोमबार) बिहानमात्रै निष्किृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी (कर्णेल) पवन कार्कीले जानकारी दिनुभएको छ । साँझ बम भेटिएकाले सोही स्थानमै सुरक्षित रूपमा राखिएको र आज रातभर नेपाल प्रहरीले सुरक्षा दिने जनाइएको छ । द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ । बेवारिसे अवस्थामा भेटिएको बम निष्किृय पार्ने समय नभएपछि आसपासका क्षेत्र नजान र सावधानी अपनाउन स्थानीयलाई...
शिक्षक राईको हत्या आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली सार्वजनिक

शिक्षक राईको हत्या आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली सार्वजनिक

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, १४ भदौ । केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिटगरी हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ११ जना आरोपितको नामावली प्रहरीले सार्वजनिक गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लाग्ने भदौरे मेला घुम्न जानुभएका ३९ वर्षीय शिक्षक राईको कुटपिटगरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जना आरोपितको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो । शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा एउटै गाउँ सुङ्देलका २१ वर्षीय प्रबेस भनिने सागर कोयी राई, मौली भनिने २१ वर्षीय प्रतीक राई, माइकल भनिने २५ वर्षीय निशान राई, २३ वर्षीय सुशिल राई, शेरबहादुर भनिने ३२ वर्षीय अमर राई, उमेश भनिने ३० वर्षीय उमेश दुमीराई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र...
शिक्षकको हत्या आरोपमा आफ्नै गाउँका ११ जना स्थानीय प्रहरीको नियन्त्रणमा

शिक्षकको हत्या आरोपमा आफ्नै गाउँका ११ जना स्थानीय प्रहरीको नियन्त्रणमा

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, १३ भदौ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिटगरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसर पारेर लाग्ने मेला भर्न गएको समयमा बिहीबार राति भएको बिबादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ । शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलकै ११ जना व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभएको छ । “घटनास्थलसम्म पैदल जानुपर्छ । त्यस क्षेत्रमा टेलिफोनको नेटवर्ककलेसमेत काम गर्दैन । घटनाको विषयमा थप विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ । घटनास्थलबाट प्रह...
ट्याक्टर दुर्घटना अपडेट : एकको मृत्यु, १९ जनालाई थप उपचारमा काठमाडौँ पठाइयो

ट्याक्टर दुर्घटना अपडेट : एकको मृत्यु, १९ जनालाई थप उपचारमा काठमाडौँ पठाइयो

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १२ भदौ । धार्मिक मेला भरेर घर फर्कदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कदै गरेको भक्तजन चढेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटना हुँदा गम्भीर घाइते बनेका वडा नं. ५ लफ्याङका १४ वर्षीय दिवश परियारको मृत्यु भएको हो । ट्याक्टर दुर्घटनामा गम्भीर घाइते बनेका परियारलाई घटनास्थलबाट तत्काल प्रहरीले उद्धार गरेर थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । दुर्घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्यु भएका परिवारको श...
ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १२ भदौ । धार्मिक मेला भरेर घर फर्कदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कदै गरेको भक्तजन चढेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भएको हो । गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएर भएको दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ । “दुर्घटनाका सबै घाइतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौँ । अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन”, उहाँले भन्नुभयो, “पाँच जनाको अवस्था गम्भीर छ । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारको लागि काठमाडौँ रिफर गरिसकेको छ । १४ जनाको यही उपचार ...
अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

अपराध, अर्थ, कृषि, कोशी प्रदेश, समाचार, समाज
खोटाङ, ९ भदौ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिस प्रजातिको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको उत्तिसको गोलिया काठ कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । गोलिया काठ व्यवसायीले सार्वजनिकस्थलको रुख कटान गरेर अवैधानिकरुपमा निकासी गर्न लागेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा निरीक्षण गर्दा त्यस्तै देखिएपछि गोलिया काठ बरामद गरिएको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभएको छ । “साप्सुखोला किनारमा छरपस्ट रहेका उत्तिस प्रजातिका गोलिका काठ मेरो हो भनेर दाबी गर्न अहिलेसम्म कोही आएका छैनन् । काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौ...
भाडाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा

भाडाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित दोबेलाका स्थानीयको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि शुक्रबार आफ्नै कार्यालय भवनमा सरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय विराटनगरमार्फत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले उपलब्ध गराएको बजेटमा दोबेला प्रहरी चौकीका लागि आवश्यक कार्यालय भवन निर्माण गरिएको हो । वि.सं. २०५१ सालमा स्थापना भएको दोबेला प्रहरी चौकीले वार्षिक रु १८ हजार भाडा तिरेर व्यक्तिको घरमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो । लामो समयसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकीका लागि मूल्य अभिवृद्धि करसहित रु ४० लाख ७८ हजार ३९० बजेटमा ठेक्कामार्फत घेराबारसहितको सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिएको हो । वि.सं. २०८२ चैत–१७ गते ठेक...
लोड गर्नेक्रममा गोलिया काठले किचेर धनकुटाका एक युवकको खोटाङमा मृत्यु

लोड गर्नेक्रममा गोलिया काठले किचेर धनकुटाका एक युवकको खोटाङमा मृत्यु

अपराध, अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २९ साउन । ट्याक्टरमा गोलिया काठ लोड (चढाउने काम) गर्नेक्रममा सोही काठले किचेर धनकुटाका एक युवकको खोटाङमा मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार कोलिया काठ लोड गर्नेक्रममा सोही काठले किचेर धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो । पूर्वी तराईका जिल्ला निकासीका लागि गोलिया काठ बोकेर हिँडेको ट्याक्टर सडकमै पल्टिएपछि खसेको काठ उठाएर पुनः लोड गर्नेक्रममा मगरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको गोलिया काठ लोड गरेर डोरीले बाँध्नेक्रममा चिप्लिएर गोलियासँगै लडेका मगरलाई काठले किचेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । ग...
खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्र्योट

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्र्योट

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २८ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२÷०८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादित कार्यहरूको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम बिहीबार आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्र्योटको अवस्थाबारे जानकारी दिएको हो । प्रहरीले वि.सं. २०८२ साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्र्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसूर, जबरजस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना, बहुविवाह, गर्भ संरक्षणविरुद्धको कसूर, लागूऔषध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैङ्किङ कसूर, पशुपन्छीसम्बन्धी कसूर, जुवा तथा मानव बेचबिखनलगाय...