डा. हरि रोकालाई विजयी गराउन टंक राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति
खोटाङ, ८ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई विजयी गराउन पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा एक हजार १२५ सदस्यीय समिति बनेको छ । डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएपछि नेकपा खोटाङले पूर्वसांसदसमेत रहनुभएका अनुशासन आयोगका केन्द्रीय अध्यक्ष राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।
समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्रीहरु, पूर्वसांसद तथा संविधानसभा सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, जिल्लाका दशवटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, पार्टीका विभिन्न ठाउँमा गठित सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु...









