दाहाल समूह खार्मीको प्रायोजनमा कालिका माविमा प्रतियोगितात्मक कार्यक्रम
–रामधन राई
खोटाङ, २२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजित अन्तर विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा जगत आधारभूत विद्यालय खार्मी प्रथम बनेको छ । कालिका माध्यमिक विद्यालय खार्मीले आयोजना गरेको प्रतियोगितामा मारुनी नृत्य प्रस्तुत गर्दै जगत आवि प्रथम बनेको हो ।
दाहाल समूह खार्मीको प्रायोजनमा भएको विविध प्रतियोगितात्मक कार्यक्रममध्ये सामुहिक नृत्यतर्फ आयोजक कालिका मावि खार्मी द्धितीय र जनकल्याण आधारभूत विद्यालय तृतीय बनेको निर्णायक सोनाम राईले बताउनुभयो । कालिका माविको प्राङ्गणमा शुक्रबार आयोजित प्रतियोगितामा पार्वती आवि र जालपा आविले सान्तवना स्थान हात पारेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने समूहले क्रमशः नगद रु छ हजार, रु चार हजार, रु दुई हजार र रु ६००÷६०० प्राप्त गरेका छन् । यस्तै, हाजिरीजवाफ प्रतियोगितातर्फ कालिका मावि (ख) ...



