Monday, August 3

Author: खाँटी कुरा

दिक्तेलबाट काठमाडौँ जाँदै गरेको सुमोमाथि भकुण्डेबेँसीमा तोडफोड

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २४ पुस । दिक्तेलबाट काठमाडौँ जाँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीस्थित पात्लेखेतमा तोडफोड भएको छ । वीपी राजमार्ग अन्तरगत दिक्तेल–काठमाडौँ सडकखण्डको पात्लेखेतमा विपरित दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरुले साइड नदिएको भन्दै तुवाचुङ मारातिका यातायात प्रा.लि. खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमाथि ढुङ्गामुढासहित तोडफोड गरेका हुन् । यात्रु लिएर काठमाडौँ हिँडेको सुमोमाथि तोडफोड भएपछि चालक केवल राईले गाडी भगाएर काभ्रे प्रहरी चौकी पु¥याएको यातायात प्रा.लि.का अध्यक्ष टेकिन्द्र राईले जानकारी दिनुभएको छ । “गाडी तोडफोडमा संलग्न छ जनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएको छ । उनीहरुमाथि कडा कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो, “तोडफोडमा संलग्नहरुले मादक पदार्थ सेवन गरेका थिए भन्ने बुझिएको छ । अराजक गतिविधि गर्ने कसैलाई छुट छैन । उनीहरुमाथि...

बुइपाका चारवटा टोलमा आयातित पेय पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, २२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयवासीले आयातित पेय पदार्थ सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका छन् । आयातित पेय पदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेय पदार्थहरु सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका हुन् । बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्णरुपमा प्रतिबन्ध लगाइएको बुइपास्थित गैरी फुलेलीका स्थानीयवासी एवम् सामाजिक अभियान्ता अरुण राईले जानकारी दिनुभयो । “हाम्रो गाउँमा विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापात लगायतमा आयातित पेय पदार्...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी र भगवती माविलाई

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २१ पुस । खोटेहाङ गाउँपालिकामा सम्पन्न छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी माध्यमिक विद्यालय सिम्पानी र भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले चुमेको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा आज (आइतबार) सम्पन्न पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समान १५÷१५ अङ्कसहित सिम्पानी र भगवती माविले प्रथम उपाधि चुमेको हो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा समान नौँ÷नौँ अङ्कसहित इन्द्रेणीपोखरी माध्यमिक विद्यालय इन्द्रेणीपोखरी र भानु माध्यमिक विद्यालय लिच्कीराम्चे द्धितीय तथा समान छ÷छ अङ्कसहित विणा माध्यमिक विद्यालय लिकुवापोखरी र भाषा माध्यमिक विद्यालय बडकादियाले तेस्रो भएका छन् । छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प) प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३...

छ वर्षदेखि कोठामा थुनिएका बालकसहित चार बालबालिकाको उद्धार

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २१ पुस । मायाँ घर नेपाल इटहरी सुनसुरीले कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौँ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ । छ वर्षदेखि आफ्नै घरको एउटा कोठामा थुनिएर बसेका ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौँ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौँ वर्षीया सुजता राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई मायाँ घर नेपालले आज (आइतबार) उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा बन्धक अवस्थामा रहेका एक बालकसहित सहाराविहीन चार बालबालिकाको पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको मायाँ घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो । “उद्धार गरिएका चारैजना बालबालिकालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ । उनीहरुको पालनपोषण, शिक्षादिक्ष...

मझुवागढी कालिका भगवती फुटबल कप–२०८१ : सोल्माको विजयी यात्रा शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा शुरु भएको ‘मझुवागढी कालिका भगवती फुटबल कप–२०८१’ अन्तरगत दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं. २ सोल्माले आफ्नो विजयी यात्रा शुरुवात गरेको छ । लफ्याङस्थित रणजितमान राई खेलमैदानमा आज (शनिबार) भएको उद्घाटन खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलालाई शून्यका विरुद्ध दुईगोल गर्दै सोल्माले विजयी यात्रा शुरुवात गरेको हो । वडा कार्यालय लफ्याङको आयोजना तथा नमूना स्पोर्टस् क्लब लफ्याङको सहआयोजनामा शुरु भएको अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न दशवटा वडाका खेलाडी टोली सहभागी भएका छन् । अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिताका विजेता टोलीले नगद रु एक लाख ५१ हजार १११ तथा उपविजेता टोलीले नगद रु एक लाख एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सहआयोजक नमू...

खोटेहाङमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, १९ पुस । खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा आज (शुक्रबार)देखि पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प)मा ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीलाई खाना तथा खाजाको व्यवस्थासमेत...

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १७ पुस । नेपाली काग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित बि.पि. स्मृति भवनमा आज (बुधबार) सम्पन्न प्रथम जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्रा राई, सचिवमा लोकमणि श्रेष्ठ, सहसचिवमा मीना कार्की र कोषाध्यक्षमा हरिकुमार बानियाँ चयन हुनुभएको छ । सदस्यहरुमा भानुभक्त अधिकारी, युवराज पोखरेल, मकर थामी, ज्ञानबहादुर राई, मनोज आचार्य, जगत मगर, राजनप्रसाद आचार्य, अम्बिका अधिकारी, कृष्णकुमारी आचार्य र लीलबहादुर बस्नेत रहनुभएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ नेपालका केन्द्रीय सदस्यद्धय बलदेव मण्डल र प्रेमगीता बस्नेतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको प्रदेश र सङ्घीय ...

ऐसेलुखर्कका सातजना अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १६ पुस । जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरुपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरुले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो, “शारीरिकरुपमा पूर्ण अपाङ्गता भएक...

१३ वर्षीया बालिकासँग विवाह गर्ने युवक र गराउने आफन्त पक्राउ

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १४ पुस । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस–८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस–१२ गते र कमलालाई पुस–१३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता पोखरेलका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाह सम्बनधी कसूर अन्तरगतको मुद्दा चलाइएको छ । बालविवाह सम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ...

जन्तेढुङ्गामा गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, १४ पुस । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो । गाउँपालिकाभित्रका गरिब, दलित र असहाय बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभयो । “गरिब, दलित र असहाय बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ । अब गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु पर्दैन”, उहाँले भन्नुभयो, “यसै शैक्षिकसत्रबाट शुरुवात गरिएको आवासीय शिक्षाका लागि यस ...