छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ : जेठ १७, १८ र १९ गते काठमाडौँमा
खोटाङ, १४ जेठ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले यही जेठ–१७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा जेठ १७, १८ र १९ गते चलचित्र महासङ्घले छैटौँ महोत्सवको आयोजना गर्ने भएको हो ।
काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्र प्रदर्शन गरिने महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिनुभयो । “आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र होइन । सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ”, उहाँले भन्नुभयो, “छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव...









