Monday, April 20

बागमती प्रदेश

नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा

नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा छाएको छ । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरीले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाउनुभएको थियो । उहाँको निधनसँगै आश्रममा सन्नाटा छाएको छ । बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरी आउने बित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे । वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । आश्रममा विसं २०५२ देखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ । आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उहाँहरू शोकमा डुबेका छन् भने शुभेच्छुक तथा नेता कार्यकर्ता नेता गि...
एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए । बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् । २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए । आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।...
बेलायतमा नर्स लैजान आज सम्झौता हुँदै

बेलायतमा नर्स लैजान आज सम्झौता हुँदै

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
बेलायतमा नर्स लैजानको लागि आज सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच अहिले केहीबेरमा श्रम सम्झौता हुने भएको हो। तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कति जना नर्स बेलायत पठाउने भनेर सार्वजनिक गरिसकेको छैन। केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि भोलि मन्त्रालयमा सम्झौता हुन लागेको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए। पछिल्लो समय नेपाल सरकार बाट दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीको लागि नयाँ नयाँ  गन्तव्यको खोजीमा जुटेको छ। सरकारले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। गत पुसमा दुई पक्षबीच...
बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ । कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ । सञ्चय कोष शाखा कार्यालयका प्रमुख ध्रुव तिवारीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ७९ सञ्चयकर्तालाई त्रिचालीस करोड नब्बे लाख अठासी हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताए । दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप ५४ करोड ५६ लाख रुपैयाँ प्रदान गरिएको उनको भनाइ थियो “बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको सङ्ख्या बढ्दै गएको छ ।” प्रमुख तिवारीले भने, “सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि...
प्रभु क्यापिटलले ल्यायो ग्राहकको लागि विशेष अफर

प्रभु क्यापिटलले ल्यायो ग्राहकको लागि विशेष अफर

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । गत बुधबार प्रभु क्यापिटल तथा ट्रान्क्वालिटी एसपीएका बीचमा सम्झौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी एसपीएकाबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एपडाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गनपर्ने कम्पनीले जनाएको छ । हितग्राहीले चेक आउट ÷बिल पेमेन्ट प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रान्क्वालिटी एसपीएकाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् । यो अफर हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा समेत ल...
ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग

ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा. करण शाहलाई हातपात गरी गम्भीर घाइते बनाउने दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाउन नेपाल चिकित्सक संघले माग गरेको छ । गत भदौ २ गते प्रतिष्ठानकै कर्मचारीबाट शाहमाथि आक्रमण भएको थियो । महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै डा. शाह ड्युटीमा रहेको अवस्थामा आकस्मिक कक्षमै हातपात गरी गम्भीर घाइते बनाइनु अत्यन्तै लज्जास्पद घटना भएको बताएका छन् । ‘ हालै जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न यस सङ्घ जोडदार माग गर्दछ । अस्पताल प्रशासनले समेत ४५ दिनका लागि निजलाई निलम्बन गरेको ब्यहोरा अवगत गराउँदै यस्ता आपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही गरी आगामी दिनमा यस प्रकारका घटनाहरू नघट्ने वातावरणको सुनिश्चितता प्रदान गर...
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी घोषणाका साथै अरु महत्वपूर्ण निर्णय गर्ने नेताहरुले बताएका छन् । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् । महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।...
गुल्मीको जंगलमा महिलाको शव भेटियो

गुल्मीको जंगलमा महिलाको शव भेटियो

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
गुल्मीको इस्मा गाउँपालिका– १ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ । शनिबार स्थानीय वासिन्दाले गाईवस्तु चराउने क्रममा शव देखेपछि वडाअध्यक्षलाई खबर गरेका थिए । शवको पहिचानको लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए । शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए । शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।...
कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौंको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ । नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो । ‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन’ उपप्रमुख शाक्यले भनिन् । कीर्तिपुर नगरपालिकामा ४ वटा निजी संस्थाहरुले फोहोर उठाउँदै आएका छन् ।...
माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
आइतबार राति बुटवलको होटलमा मृत भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् । नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए । आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कालिकोटे होटलमा धादिङका ३८वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृत भेटिइन् । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए । ‘असार अन्तिममा साउन बार्न भनेर पुष्पा नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन...