इजरायलमा मेनपावर व्यवसायीले समेत कामदार पठाउन पाउने
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
इजरायलले मेनपावर व्यवसायीमार्फत समेत नेपाली कामदार लैजाने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
इजरालयमा हाल जी–टु–जी मार्फत (सरकार–सरकार) मात्रै नेपाली कामदार जाने गरेका थिए । अब भने मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका हुन् ।
इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । यसअघि केयर गिभरमा सरकारले मार्फत कामदार पठाउँदै आएको थियो ।
कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव पटक पटक गर्दै आएको थियो । सोही आधारमा पहिलो चरणमा ५ हजार भन्दा बढी नेपाली कामदार लैजान लागेको हो । त्यसका लागि मेनपावर व्यवसायीमार्फत डिमान्ड पठाउनेछ । र वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ ।
श्रम, रोजगार तथा सामा...
