जनबहुमुखी आधारभूत विद्यालयको भवन उद्घाटन कार्यक्रममा अक्षयकोष स्थापना
खोटाङ, १० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित घोर्लेमा सञ्चालित जनबहुमुखी आधारभूत विद्यालयमा निर्माण गरिएको चारकोठे विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना गरिएको छ । नेपाल सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयलाई प्राप्त रु १८ लाख तथा वडा कार्यालयबाट विनियोजित रु दुई लाख ५० हजार लागतमा विद्यालय भवन निर्माण गरिएको हो ।
भवन निर्माणका लागि जग्गा सम्याउन गाउँपालिकाले रु तीन लाख बराबर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जुनिता राईले जानकारी दिनुभएको छ । विद्यालय भवन निर्माणका लागि स्थानीय जग्गा दाताहरु स्व. मानदत्त राई र बसुनीमाया राईको परिवारले एक रोपनी र स्व. छत्रबहादुर राईको परिवारले दुई रोपनी जग्गाा निःशुल्क उपलब्ध गराउनुभएको विद्यालय प्रशासनले जनाएको छ ।
भवन उद्घाटन कार्यक्रममा विद्यालयको चौतर्फी विकासका लागि स्थानीय शिवप्रसाद राई र ललितकुमारी राईको...









