ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन हुँदा ३७० घर उपभोक्ता लाभान्वित
खोटाङ, ८ भदौ । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा वडामा एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन आएपछि ३७० घर स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नं. २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आपूर्ति योजना र झाँक्रीवास खानेपानी आपूर्ति आयोजना तथा वडा नं. ७ माक्पामा रोलुखोला नोरुङ खानेपानी आपूर्ति आयोजना सञ्चालनमा ल्याइएको हो ।
एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन गरेर उपभोक्ताको घर र सार्वजनिकस्थलमा गरि ३७२ वटा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । “तीनवटै खानेपानी आयोजना तोकिएको मितिभन्दा अगावै सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । सबैको घरमा निर्माण गरिएका धारामा प्रयाप्तमात्रामा स्वच्छ खानेपानी उपलब्ध भएको छ”, ...









