Thursday, July 30

राजनीति

केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम : विवाहपछि पढाइ छाडेका महिलाका लागि वरदान

केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम : विवाहपछि पढाइ छाडेका महिलाका लागि वरदान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १० असार । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले वि.सं. २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको थियो । कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिनुभयो । एलिना र दिनेशको दुई सन्तान (छोरा र छोरी) छन् । विवाह लगत्तै लगातार दुई सन्तानलाई जन्म दिनुभएका एलिना र दिनेशको पहिलो सन्तान छोरा कक्षा–३ र छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन् । एसइई उत्तीर्ण गरेको चार वर्षपछि छोराछोरीसँगै आफ्नो पढाइलाई निरन्तरता दिनुभएकी एलिनाले यस वर्ष २.८४ जिपिए अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्नुभएको छ । विवाह बन्धनमा बाँधिएका कारण बीचैमा पढाइ छाड्नुभएकी एलिनाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाट कक्षा–१२ उत्तीर्ण गर्नुभएको हो । एलिनासँगै शिक्षा राईले २.७५ जिपिए, द...
दिक्तेल रुपाकोट मझुवागढीको नीति तथा कार्यक्रम : बाँदर धपाउन रु ४५ लाख बजेट

दिक्तेल रुपाकोट मझुवागढीको नीति तथा कार्यक्रम : बाँदर धपाउन रु ४५ लाख बजेट

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ९ असार । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५ औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा बाँदर लगायतका हानीकारक वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि रु ४५ लाख छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ बजेट विनियोजन गर्नुभएको हो । बाँदरको समस्यलाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । बाँदरको समस्या समाधान गर्न सङ्घीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र...
स्थानीयस्तरमा पत्रकार उत्पादन गर्न बराहपोखरीमा आधारभूत पत्रकारिता तालिम

स्थानीयस्तरमा पत्रकार उत्पादन गर्न बराहपोखरीमा आधारभूत पत्रकारिता तालिम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, ६ असार । स्थानीयस्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ बराहपोखरी गाउँपालिकाले पाँचदिने आधारभूत पत्रकारिता तालिम उपलब्ध गराएको छ । गाउँकार्यपालिकाद्धारा स्वीकृत ‘उत्पादनमा उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकाभित्रका स्थानीयलाई सहभागी गराएर पत्रकारिता तालिम उपलब्ध गराएको हो । गाउँपालिकाको कार्यालय धर्तुङमा आयोजना गरिएको पत्रकारिता तालिममा सहभागीलाई सञ्चारमाध्यम, पत्रकार, समाचार, समाचारका तत्व, समाचार सङ्कलन, लेखन तथा सम्पादन, पत्रकार आचार संहिता लगायतका विषयमा जानकारी दिइएको छ । तालिममा सहभागी प्रशिक्षार्थीलाई नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई र प्रदेश परिषद् सदस्य केदार मगरले नेपाली पत्रकारिताको सैद्धान्तिक तथा व्यवहारिक विषयमा जानकारी दिन सहजीकरण गर्नुभएको थियो । सहभागी प्रशिक्षार्थीलाई फोटो पत्रकारिता, मोबाइल पत्रकारिता र अडियो÷भिडियो सम्पादन सम्बन्धी...
मुन्दुम ट्रेलको प्रवद्र्धन गर्न प्रवेशद्धारमा बृहत् साकेला सिली प्रदर्शन

मुन्दुम ट्रेलको प्रवद्र्धन गर्न प्रवेशद्धारमा बृहत् साकेला सिली प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ६ असार । साकेला गाउँपालिका–३ खिदिमास्थित मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशद्धार तावाभञ्ज्याङमा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । मौलिक संस्कृतिको संरक्षण एवम् मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने उद्धेश्यले साकेला सिली प्रदर्शन गरिएको हो । तावाभञ्ज्याङलाई मन्दुम ट्रेलको प्रवेशद्धार मानिन्छ । किरात समुदायको महान चाड उँभौलीको अवसर पारेर आयोजिना गरिएको कार्यक्रममा १५ टोलीले परम्परागत भेषभूषामा सजिएर ढोलझ्याम्टासहित मौलिक साकेला सिली प्रस्तुत गरेका थिए । वडा कार्यालय खिदिमाले आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शन कार्यक्रममा किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समिति मोरङले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै, किरात राई यायोक्खा साकेला गाउँपालिका–२ रतन्छाको पिनालाखा दोस्रो, किरात राई यायोक्खा दोर्पा तेस्रो र पारुहँ सेवा समाज रतन्छा साल्मेले सान्त्वना स्थान प्राप्त गरेको वडाध्यक...
खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापन

खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापन

#, अर्थ, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३ असार । खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै खेलकुदसँग सम्बद्ध सङ्घ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेट खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लीलाभक्त केसीले हिनामिना गरेको भन्दै तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन बुधबार ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष राई र कार्यालय प्रमुख केसीको मिलेमतोमा खेलकुद विकास बोर्डले पठाएको रु आठ लाखमध्ये रु छ लाख ५६ हजार गरेको पाइएको छ । दिक्तेलस्थित कृषि विकास बैङ्कमा रहेको खाताबाट निकालेको रकम तत्काल फिर्ता गराउनुका साथै रकम अपचलनमा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । वि.सं. २०८१ माघ–१९ गते रु ३८ हजार, चैत–११ गते रु एक लाख २५ हजार, चैत–३१ ...
वराहपोखरी गाउँपालिकाका किसानलाई फलफूल प्रशोधन सम्बन्धी तालिम

वराहपोखरी गाउँपालिकाका किसानलाई फलफूल प्रशोधन सम्बन्धी तालिम

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३ जेठ । वराहपोखरी गाउँपालिकाले फलफूल प्रशोधन सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । स्थानीयस्तरमा उत्पादन भएका फलफूललाई प्रशोधन गरेर प्रशोधित कृषि उपज बिक्रीवितरण गर्दै किसानको आम्दानीको स्रोत वृद्धि गराउन गाउँपालिकाले तालिम आयोजना गरेको हो । यही असार–१ गतेबाट सुरु गरिएको आधारभूत तालिम असार–८ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । तालिममा सहभागीलाई फलफूलको जुस, ब्राण्डी, जाम, जेली, वाइन लगायतका परिकार उत्पादन गर्ने सीप सिकाइने गाउँपालिकाको कृषि शाखा प्रमुख दिनेश लुइटेलले जानकारी दिनुभएको छ । तालिममा गाउँपालिकाभित्रका २४ जना किसानको सहभागिता रहेको जनाइएको छ । ‘उत्पादनमा उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकाबाट विनियोजित रु चार लाखमा तालिम आयोजना गरिएको हो । तालिममा स्थानीय किसानले उत्पादन गरेको फलफूलको मूल्य अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्...
बाढीले बगाएको फोक्सिङटार पुल पुनः निर्माण गर्न खोटेहाङ गाउँपालिकाले थाल्यो पहल

बाढीले बगाएको फोक्सिङटार पुल पुनः निर्माण गर्न खोटेहाङ गाउँपालिकाले थाल्यो पहल

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ असार । खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल निर्माणका लागि जनस्तरबाट पहल थालेको छ । बाढीले बगाएर अलपत्र बनेको फोक्सिङटार पुल पुनः निर्माण गर्न सङ्घीय सरकारले आवश्यक बजेट नछुट्याएपछि स्थानीय सरकार, नागरिक समाज तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर पुल निर्माण गर्ने भएको हो । तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटार पुल दुई वर्षअघि बाढीले बगाएपछि पुनः निर्माण गर्न छिमेकी पालिकाहरुसँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । “सङ्घीय सरकारको कार्यक्रममा फोक्सिङटार पुन पुनः निर्माणका लागि बजेट उपलब्ध गराएको छैन । बजेट बन्नुअघि हारगुहार गरेका थियौँ । हाम्रो कुरा सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले बजेट बनाइरहेका छन् । सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन ग...
जन्तेढुङ्गामा आवासीय विद्यालय : अभिभावकविहीन बालबालिकाको भरोसाको केन्द्र

जन्तेढुङ्गामा आवासीय विद्यालय : अभिभावकविहीन बालबालिकाको भरोसाको केन्द्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १ असार । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा यो शैक्षिकसत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । जसमा १३ जना बेसहारा, ११ जना विपन्न र तीन जना दूरी टाढा भएका विद्यार्थी छन् । लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा गरिब, दलित र असाह्य बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यो विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गर्छन् । वि.सं. २०१४ सालमा स्थापना भएको यो विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रममा दुई जना विद्यार्थीले शुल्क तिरेर अध्ययन गरिरहेको शिक्षक जीवन राईले जानकारी दिनुभएको छ । “विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रममा अधिकांश बुबाआमा नभएका विद्यार्थी छन् । उनीहरुका लागि हामीले नै बुबा...
मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण

मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय किसानलाई उन्नत जातको बङ्गुरको पाठा–पाठी निःशुल्क वितरण गरेको छ । नगरपालिकालाई बङ्गुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा उन्नत जातको बङ्गुरको पाठा–पाठी ल्याएर वितरण गरिएको हो । एघार वडा रहेको यो नगरपालिकाको वडा नं २ डिकुवाका दुई, वडा नं. ३ च्यास्मिटारका १८, वडा नं. ४ बडहरेका सात, वडा नं. ५ दुर्छिमका ३१, वडा नं. ६ मङ्गलटारका छ, वडा नं. ७ हलेसीमहादेवस्थानका १३, वडा नं. ८ धितुङका नौँ, वडा नं. ९ सल्लेका पाँच, वडा नं. १० अर्खौलेका छ र वडा नं. ११ राजापानीका तीनजना किसानलाई बङ्गुरको पाठा–पाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. १ बाहुनीडाँडा बाहेक अन्य सबै वडाका किसानलाई एक÷एकवटाका दरले ल्यान्ड्रेस, हेमसायर र ड्युरोक जातको बङ्गुरको पाठा–पाठी वितरण गरिएको हो । कोशी प्रदेश सरकारको बङ्गुर प्रवद्र्धन ...
जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत

जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३० जेठ । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन जना कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत हुनुभएको हो । पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही नगद रु दश÷दश हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिनुभएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । गत वर्ष सम्पन्न एसइईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माध्यमि...