Sunday, August 2

राजनीति

राष्ट्रपति पौडेलसहित उच्च पदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार !

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्च पदस्थ छजना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ । नगरपालिकाले राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यही महिना बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरेको हो । स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्च पदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “स्थानीय स्रोत तथा साधन उपयोग गरेर बनाइएका सामग्री उपयोग गर्न दबाब सिर्जना गर्न बाँसबाट निर...

एमाले अखिलको बखेडाले खोटाङमा स्ववियु निर्वाचन भएन : अन्य विद्यार्थी सङ्गठन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, ५ चैत । दश स्थानीय तह रहेको खोटाङमा त्रिभुवन विश्वविद्यालय काठमाडौँको सम्बन्धनप्राप्त सातवटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । तर, त्रिविले तोकेको निर्वाचन कार्यतालिकामा यस वर्ष खोटाङका कुनै पनि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन सकेन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा दिक्तेल बहुमुखी क्याम्पस, त्रिधार्मिकस्थल हलेसी बजारमा हलेसी क्याम्पस, रावाबेँसी गाउँपालिकाको खार्पामा रावा क्याम्पस, साकेला गाउँपालिकाको रतन्छामा साकेला क्याम्पस, खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा खोटाङ क्याम्पस तथा सिम्पानी बजारमा सिम्पानी क्याम्पस र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा चिसापानी क्याम्पस सञ्चालनमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बखेडाका कारण जिल्लाका सातवटै क्याम्पस...

हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार
खोटाङ, २५ फागुन । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवम् पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि नेपाल सरकारका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट लोगो सार्वजनिक गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । पूर्वअर्थमन्त्री डा. महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राई लगायतले ११५ औँ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जना...

बिना जानकारी अमेरिका बस्ने वडाध्यक्षलाई माओवादी केन्द्रले ग¥यो निलम्बन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बिना जानकारी अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले बिना जानकारी अमेरिका बस्दै आउनुभएका खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको हो । विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिइ अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले कटवाललाई निलम्बन गरेको माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । बिना जानकारी अमेरिका बस्दै आउनुभएका वडाध्यक्ष कटवाललाई कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको थियो । माओवादी केन्द्रको प्रदेश समिति अध्...

देश विकासमा महिलाको योगदान महत्वपूर्ण छ : प्रवक्ता डा. महत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २४ फागुन । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकासमा महिलाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस प्रवक्ता डा. महतले देश विकासमा महिलाले खेलेको भूमिकाको उच्च कदर गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका काँग्रेस प्रवक्ता डा. महतले राजनीतिमा महिलाको सहभागिता ५० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो । “महिलाहरु जागरुक छन् । सक्रिय छन् । जिम्मेवारी पाउने बित्तिकै आफ्नो जिम्मेवारी पूरा गर्छन्”, उहाँले भन्नुभयो, “महिला सशक्तिकरणको पक्षमा हाम्रो पार्टीले पनि अभियान चलाएको छ । आगामी दिनमा महिलालाई राजनीतिक, आर्थिक, रोजगारी र सामाजिक काममा बराबरी सहभागिता गराउने योजना बनाएका छौँ ।” त्रिधार्मिकस्थल हलेसी मन्दिरको प...

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा ईश्वर लम्साल

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा ईश्वर लम्साल चयन हुनुभएको छ । शिक्षक सङ्गठनको १३ औँ जिल्ला अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा लम्सला सर्वसम्मत् चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा नवीन चाम्लिङ र निर्मला कार्की, सचिवमा संसारमान राई, कोषाध्यक्ष हरिराम बस्नेत, सहकोषाध्यक्षमा चित्रकला भुजेल र सहसचिव मञ्जु अधिकारी चयन हुनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति खोटाङको अध्यक्ष टंक कटवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय महासचिव हस्तबहादुर शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा सम्पन्न कार्यक्रममा प्रमुख वक्ताको रुपमा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई रहनुभएको थियो । दुई दिनसम्म चलेको जिल्ला अधिवेशनमा एम...

वाईसिएल हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा दिनेश बुढाथोकी सर्वसम्मत् चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १८ फागुन । योङ कम्युनिष्ट लिग (वाईसिएल) हलेसी तुवाचुङ नगरपालिका नगर कार्यसमिति अध्यक्षमा दिनेश बुढाथोकी चयन हुनुभएको छ । वाइसिएलको फागुन–१७ गते सम्पन्न दोस्रो नगर सम्मेलनले बुढाथोकीको अध्यक्षतामा ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएलको नगर कार्यसमिति उपाध्यक्षमा त्रिचन्द्र राई, नेत्रबिक्रम राई र हिरण माझी, सचिवमा राकेश राई, सह–सचिवमा युवराज कार्की, सुगा विश्वकर्मा, मेगजन राई, पार्वती कार्की र गौतम राई तथा कोषाध्यक्षमा एमिका राई र सह–कोषाध्यक्षमा अवसरा राई चयन हुनुभएको छ । यस्तै, सदस्यमा भरत श्रेष्ठ, सरोज श्रेष्ठ, निता खत्री, कुमार राई, विमल कार्की, कुमार कार्की लगायत ४१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको जनाइएको छ । वाईसिएलको नगर सम्मेलनमा माओवादी केन्द्रका प्रदेश, जिल्ला तथा नगर समितिका नेताहरुको उपस्...

हलेसीका आगलागी पीडितका लागि एकैदिन रु ११ लाख पाँच हजार राहत सङ्कलन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागी पीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट रु दश लाख तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले रु ५० हजार, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले रु ४० हजार र सुदेवी कन्ट्रक्सन प्रा.लि. हलेसीले रु १५ हजार सहयोग उपलब्ध गराएको हो । हलेसी बजारका आगलागी पीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुई÷दुई दिन तथा शिक्षक र करारका कर्मचारीको एक÷एक दिनको सेवासुविधा उपलब्ध गराइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । हलेसी बजारका आगलागी पीडितका लागि माछापुछ«े बैङ्क हलेसी शाखामा खाता खोलेर क्यूआरमार्फत समेत रकम जम्मा गर्न मिल्ने...

जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल चाम्लिङ राई

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३ फागुन । जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल चाम्लिङ राई चयन हुनुभएको छ । पार्टीका केन्द्रीय सहअध्यक्ष रकम चेमजोङको प्रमुख आतिथ्यमा दिक्तेलमा भएको पार्टी पुनः गठन कार्यक्रमबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी राई अध्यक्षमा चयन हुनुभएको हो । जसपा नेपालको पुनः गठित ३३ सदस्यीय जिल्ला समन्वय समितिको उपाध्यक्षमा रावाबेँसी गाउँपालिका–६ हौँचुरका गणेश खड्का र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका धनिराम नछुङ, सचिवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका हंशराज राई तथा कोषाध्यक्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका शान्तिकला राई चयन हुनुभएको छ । केन्द्रमा उपेन्द्र यादव र अशोक राईले पार्टी विभाजन गरेर छुट्टछुट्टै पार्टी दर्ता गरेपछि खोटाङमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पुनः गठन गरिएको शनिबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिए...

एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले स्थापना ग¥यो सामाजिक परामर्श सेवा केन्द्र

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको छ । जिल्लाका नागरिकले प्रशासनिक काम गर्दा खेप्दै आएका झमेलालाई सहजीकरण गरेर छिटो तथा सजिलो तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यसहित एमाले नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको हो । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा स्थापना गरिएको सामाजिक परामर्श सेवा केन्द्र बिना राजनीति जुनसुकै पार्टीसँग आस्था राख्ने नागरिकलाई विशुद्धरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको एमाले नगर समितिका अध्यक्ष गोपालचन्द्र आचार्यले बताउनुभयो । “जिल्लास्थित सरकारी कार्यालयमा प्रणालीगत अनविज्ञताका कारण प्रशासनिक काम गर्न आउने सेवाग्राहीले धेरै दुःख पाउने गरेका छन् । उनीहरुलाई सहजरुपमा सेवा उपलब्ध गराउन हामीले सामाजिक परामर्श सेवा केन्...