Sunday, August 2

राजनीति

जसपाको दिरुमनपा कमिटि गठन, अध्यक्षमा मुगाधन

बागमती प्रदेश, राजनीति
खोटाङ, १२ कात्तिक । जनता समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्य समिति गठन गरिएको छ । मुगाधन राईको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो । जनता समाजवादी पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रुपान्तरण कार्यक्रममार्फत जनता समाजवादी पार्टीको नगर समिति गठन गरिएको हो । नगर कार्य समितिको उपाध्यक्षमा हरि राई, नगेन्द्रराज चाम्लिङ, सचिवमा प्रेम राई, सह–सचिवमा देवराज राई र कोषाध्यक्षमा कौशिला राई चयन भएका जसपाका जिल्ला सचिब विरेन्द्र दर्नालले जानकारी दिए । कार्यक्रम जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सनबहादुर राईको प्रमुख आतिथ्यता एबं संघीय परिषद सदस्य राकेश राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष प्रकाश चाम्लिङ, जसपाका खोटाङ अध्यक्ष निर्मल राई, समाजवादी महिला संघका जिल्ला अध्यक्ष रेनुका राई, विद्यार्...

वडाध्यक्षले फिर्ता गरे दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार

बागमती प्रदेश, राजनीति
खोटाङ, ४ कात्तिक । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका छन् । महालेखा परीक्षकको कार्यालयले दोहोरो यातायात सुविधा लिएको औंल्याएपछि वडाध्यक्ष राईले दोहोरो यातायात सुविधा वापत लिएको रकम फिर्ता गरेका हुन् । बेरुजु रकम ‘सुटुक्क’ असुल उपर गर्ने/गराउने जनप्रतिनिधिहरु माझ वडाध्यक्ष राईले भने सामाजिक सञ्जालमार्फत दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार ५२० रुपैयाँ राजश्व शाखामा जम्मा गरेको जानकारी दिएका छन् । राई २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । महालेखाले आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिबेदनमा दोहोरो यातायात सुविधा लिएको भन्दै वडाध्यक्ष राई सहिन नौ जना गाउँ तथा नगरसभाका सदस्यहरुबाट दोहोरो सुविधा वापत लिएको रकम असुल गर्नुपर्ने औंल्याएको थियो । गाउँ तथ...

खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र

बागमती प्रदेश, राजनीति
खोटाङ, ३० असोज । खोटाङबासीले खोटाङको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई गुहारेका छन् । असोज १२ गते सुनकोसीमा आएको बाढीका कारण फोक्सिङटारको पुल बगेपछि निम्तिएको प्राकृतिक नाकाबन्दी तोड्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएको हो । असोज २३ गते प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा काठमाडौंमा सम्पन्न सर्वदलीय-सर्वपक्षीय बैठकको निर्णय अनुसार असोज ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण–पत्र बुझाउँदै फोक्सिङटारमा तत्काल पुल बनाएर प्राकृतिक नाकाबन्दी तोड्न आग्रह गरिएको युवा नेता अरुण चाम्लिङले जानकारी दिए । खोटाङबासीकातर्फबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य राईले ध्यानाकर्षण–पत्र बुझाएका थिए । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज बाढीले बगाएपछि उदयपुर र खोटाङको सिधा यातायात सम्प...

खोटाङको पुन : निर्माणमा संयुक्त पहल गर्ने सर्वदलीय निर्णय

बागमती प्रदेश, राजनीति
काठमाडौं, २४ असोज । खोटाङका राजनीतिक दलले भिषण बाढी तथा पहिरोको कारण क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेका छन् । गत असोज ९ गतेदेखि असोज १२ गतेसम्मको भिषण वर्षाका कारण क्षतिग्रस्त संरचना पुःननिर्माणका लागि प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)को समन्वयमा असोज २३ गते काठमाडौंमा सम्पन्न सर्वदलीय बैठकले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको हो । ‘जस लिन’का लागि तछाडमछाड गर्ने परिपाटी विपरित सर्वदलीय बैठकले प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा एक साझा समिति बनाएर पुःननिर्माण तथा दिगो बिकासका लागि आवश्यक निकायमा ध्यानाकर्षण–पत्र बुझाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य राईको संयोजकत्वमा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, प्रदेश मन्त्री भुपेन्द्र राई, पिके राई, संविधानसभा सदस्यहरु, पुर्व सांसदहरु, पुर्ब प्रदेश सांसद तथा मन्त्रीहरु, खोटाङका राजनैतिक दलका प्रति...

फोक्सिङटार पुल निर्माणका लागि प्रचण्डलाई ध्यानाकर्षण–पत्र

मल्टिमिडिया, राजनीति
खोटाङ, २० असोज । वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारी खोटाङले बाढी पहिरोका कारण क्षतीग्रस्त भौतिक संरचना तत्काल निर्माणका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्रचण्डलाई संयुक्त ध्यानाकर्षण–पत्र बुझाउँदै वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारीले जिल्लाको क्षतीग्रस्त पुल, सडक लगायतका भौतिक संरचना तत्काल निर्माणका लागि पहल कदमी उठाउन आग्रह गरेका हुन् । वाइसिएल नेपाल र अखिल क्रान्तीकारीले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको मोटरेल पुल, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, विभिन्न नदी तथा खोलामा बनाइएको झोलुंगेल पुल क्षतीग्रस्त भएको जानकारी गराएको छ । विपदको समयमा प्रदेश सरकार र स्थानीय सरकारले चासो दिए पनि पर्याप्त हुन नसकेको भन्दै दुई संगठनले राज्यको संयन्त्रहरुको साथ र हातेमालोको आवश्यकता...

मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

राजनीति
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।  साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले बुधबार सदनबाट विश्वासको मत पाउनुभएको हो। विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ मत परेको छ। त्यस्तै एक मत तटस्थमा परेको छ। ५३ जना प्रदेश सभा सदस्य रहेकोमा ४५ जनाले मात्रै मतदानमा भाग लिनुभएको थियो। तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ।  ५३ जना प्रदेश सभा सदस्य रहेका सुदूरपश्चिम प्रदेशमा बहुमत जुटाउनको लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ। मुख्यमन्त्री शाहले सत्तारुढ दल कांग...

बङ्गलादेशका प्रधानन्यायाधीश हसनद्वारा राजीनामा

फोटो, मधेश प्रदेश, राजनीति
बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिनुभएको पुष्टि गर्नुभएको छ । सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभयो । शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बङ्गलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र सात जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानुनमन्त्री नजरुलले अरू न्यायाधीशको भने राजीनामा नआएको बताउनुभयो ।...

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।” नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्द...

बढ्दो गर्मिका कारण तराईमा जनजीवन प्रभावित

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
धनुषा- अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताउनुभयो । डा दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबैले आफ्...

भोलि मङ्गलवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ । मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिनुभयो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।...