सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी
खोटाङ, १२ वैशाख । भौतिक पूर्वाधार विकास कार्यालय खोटाङसँग ठेक्का सम्झौता गरिएका १९ वटा योजनाको काम सुरु गर्न निर्माण व्यवसायीहरूले अटेर गरेका पाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०८२÷०८३ मा बजेट विनियोजन भइ ठेक्का सम्झौता गरिएका १९ योजनाका निर्माण कम्पनीले काम सुरु नगरेको पाइएको हो ।
ठेक्का सम्झौता गरेर विभिन्न बहानामा काम सुरु नगरेपछि कार्यालयको तर्फबाट निर्माण व्यवसायीहरूलाई अन्तिम चेतावनी दिइएको कार्यालय प्रमुख विमन दाहालले बताउनुभयो । “हाम्रो कार्यालयबाट चालू आर्थिक वर्षमा कूल १२३ वटा योजनाको ठेक्का सम्झौता भएको छ । पटक–पटक खबरदारी गर्दा पनि निर्माण सुरु नगरेपछि १९ वटा कम्पनीका नाममा अन्तिम सूचना प्रकाशन गरिएको छ”, उहाँले भन्नुभयो, “तोकिएको समयमा काम सम्पन्न नगरे नियमअनुसार सम्झौता रकमको आधारमा प्रतिदिन शून्य दशमलव शून्य पाँच (०.०५) प्रत...









