उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री
खोटाङ, २१ जेठ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र कृषकको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकै दिन रु २६ लाख बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो ।
गाउँपालिकाको ७५ तथा कृषकको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा कृषकलाई कृषि सामग्री प्रदान गरेको हो ।
कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परा...









