रेश्मिकाको बलात्कारपछि हत्या प्रकरण : नौँ महिनापछि थप तीन युवा पक्राउ
खोटाङ, १३ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या गर्नमा संलग्न भएको आशङ्कामा थप तीनजना पक्राउ परेका छन् । गत भदौ–३० गते राति मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएपछि घटनामा संलग्न रहेको आशङ्कामा जेठ–१२ गते मङ्गलबार बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशको आधारमा मङ्गलबार तीन जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज–१ गते पक्राउ गरेर जिल्ला अदालत खोटाङको आदेशमा प...









