तीजको दिन पनि श्रममै साकेला : गाउँपालिका प्रवेशद्वारको सरसफाइदेखि सडक मर्मतसम्म
खाेटाङ, २९ भदाै । हिन्दु नेपालीहरुकाे महान् चाड हरितालिका तीज देशभर मनाइरहेका बेला खोटाङको साकेला गाउँपालिकामा भने ‘साकेला श्रम अभियान’मार्फत सार्वजनिक पूर्वाधार संरक्षण र सरसफाइको कामलाई निरन्तरता दिइएको छ । अभियानअन्तरगत वडा नं. ५ मात्तिमस्थित साप्सुखोला–गाउँपालिका प्रवेशद्वार तथा त्यहाँ निर्माण गरिएका संरचनाको सरसफाइसँगै आसपासका सडकको मर्मतसम्भार गरिएको हो ।
प्रवेशद्वार क्षेत्रको सौन्दर्य कायम राख्ने, निर्माण भएका संरचनाको संरक्षण गर्ने तथा आवागमनलाई सहज बनाउने उद्देश्यले श्रम परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सार्वजनिक बिदाको दिनलाई समेत श्रम र सेवासँग जोड्दै गाउँपालिकाले ‘चाडपर्वसँगै आफ्नो ठाउँका लागि श्रम’ गर्ने अभ्यासलाई निरन्तरता दिएको अध्यक्ष राईले जानकारी...









