श्रावण शुक्ल पूर्णिमा : धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीसहित दर्शनार्थीको भीड
खोटाङ, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाको अवसर पारेर जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिएको मेलामा धामीझाँक्रीसहित दर्शनार्थी तथा भक्तजनको भीड लागेको छ । ढोल÷झ्याम्टा तथा ढ्याङ्ग्रो र थालको तालमा ‘सै राजा सै–सै, सै रानी सै–सै’ बोलको गीत गाउँदै धार्मिक एवम् पर्यटकीयस्थलहरुमा ढोलेतालेसहित पुगेका धामीझाँक्रीहरु पूजाआजा गर्दै नाचिरहेका छन् ।
साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने प्रचलन छ । महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने धार्मिक मान्यता रहिआएको छ ।
परापूर्वकालदेखि मानिँदै आएको धार्मिक मान्यताअनुसार धामीझाँक्रीहरु श्रावण शुक्...









