खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर खोप अभियान शुरु
खोटाङ, १५ असार । खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर डोजको खोप अभियान शुरुवात गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियान आइतबार जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायतलाई खोप लगाएर शुरुवात गरिएको हो ।
पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका सबै वडाका लागि खोप अभियान सञ्चालन गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । दुवै नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई खोप केन्द्र निर्धारण गरेर शुरुवात गरिएको पहिलो चरणको बुस्टर फायजर खोप अभियान यही असार–१९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
अभियानका क्रममा यसअघि खोप लगाएको वर्ष दिन नाघेका तथा १२ वर्षमाथिका सबै व्यक्तिलाई बुस्टर फायजर डोजको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएक...
