Monday, September 14

कृषि

प्रथम राष्ट्रिय कोदो दिवस : खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएको हो । कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य रु ५० राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं. २ सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई लगायतले संयुक्तरुपमा सार्वजनिकीकरण गर्नुभएको छ । शुभम् फाउण्डेशनमा ...

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराई भोलिदेखि काठमाडौँमा आमरण अनशन बस्नुहुँदै

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, १३ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । सङ्घीय सरकार समक्ष सात बुँदे माग राखेर आन्दोलनमा उत्रनुभएका नगर प्रमुख भट्टराईले सत्याग्रहको कार्यलाई चरणबद्ध रुपमा अगाडि बढाउने कार्यक्रम अन्तरगत भोलि (साउन–१४ गते)देखि अनिश्चितकालीन आमरण अनशन बस्नुहुने कार्यबाहक नगरप्रमुख विशन राईले मङ्गलबार विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको हो । सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तरगत नगरप्रमुख ज्यूले २०८२÷०४÷१४ गते बिहान ९ः०० बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने तयारी गर्नुभएको बार्यबाहक नगरप्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख । नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रण लगायतका सात बुँदे माग राख्दै काठम...

स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्ने माग राख्दै काठमाडौँमा नगर प्रमुख भट्टराईको सत्याग्रह

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ११ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । बाँस तथा बाँसजन्य कच्चा पदार्थबाट उत्पादन हुने सागम्रीको प्रवद्र्धन गर्नुपर्ने माग राख्दै बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित नगर प्रमुख भट्टराईले आज (आइतबार) बिहान करिब ९ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्नुभएको हो । बाँस लगायत स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्ने नगरपालिकाले राखेको सात सूत्रीय माग नेपाल सरकारले सम्बोधन नगरेपछि बाध्य भएर आफू सत्याग्रहमा बसेको भट्टराईले बताउनुभएको छ । “बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई उपयोगमा ल्याउन गत जेठ–२३ गते र असार–६ गते प्रधानमन्त्री केपी ओलीलाई पत्राचार गरेका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो”, उहाँले भन्नुभयो, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्छ । य...

जन्तेढुङ्गा गाउँपालिकाले फलायो बाँझो जमिन फोरेर छ हजार केजी आलु

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २९ असार । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा उपलव्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो । गाउँपालिकाले वडा नं.–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलु खेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार–१२ गतेदेखि असार–२७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिनुभएको छ । बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञचालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा ...

रहरले सुरु गरेको फूल खेतीले व्यवसायी बन्दै दिक्तेलकी सविना राई (कसजू)

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २५ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई (कसजू)ले फूलको खेती सुरु गर्नुभएको दुई वर्ष भयो । सुरुमा घर तथा करेसाबारी सजाउने उद्देश्यले रोप्नुभएको सविनाको फूलको नर्सरीमा अहिले १०० वटाभन्दा बढी प्रजातिका फूलका बिरुवा हुर्किरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘सहयोगी पुष्प नर्सरी’ नामको फर्म दर्ता गरेर व्यवसायिक पुष्प खेती सुरु गर्नुभएकी सविनाको नर्सरीमा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा छन् । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डल लगायत विभिन्न प्रजातिका फूलका बिरुवा छन् । नर्सरीमा उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका...

खोटाङमा ५६ दशमलव ८९ प्रतिशत खेतमा धान रोपाइँ सकियो

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असार । दश हजार १८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने खोटाङमा हालसम्म ५६ दशमलव ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार असार–२२ गतेसम्ममा जिल्लाका दशवटै स्थानीय तहमा गरी पाँच हजार ७८ हेक्टर खेतमा धान रोपाइँ सम्पन्न भएको हो । जिल्लामा सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा ८५ प्रतिशत तथा सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवाणी विकास अधिकारी रवीन राईले जानकारी दिनुभएको छ । राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६५, हलेसी तुवाचुङ नगरपालिकामा ७०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, बराहपोखरी गाउँपालिकामा ६०, खोटेहाङ गाउँपालिकामा ४५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपलिकामा ६५ र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष...

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २१ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजिमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्कनुभयो । मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचतसमेत गर्नुभएका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुग्नुभयो । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यवसायिक बङ्गुर फार्म सञ्चालन गर्नुभएको थियो । सुरुमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यवसायिक बङ्गुर पालनमा निक्कै उत्साहित बन्नुभएका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बन्नुभयो । बङ्गुर पालनबाट करिब रु १८ लाख घाटा व्यहोर्नुभएको छ । ठूलो लगानीमा ...

रावाबेँसीमा १८४ मेट्रिक्टन लिची उत्पादन, एउटै बोटबाट रु ४५ हजारको बिक्री

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २० असार । रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । कृषि शाखा प्रमुख बास्तोलाका अनुसार वडा नं. २ खार्पामा २४ मेट्रिक्टन, वडा नं. ३ लामीडाँडामा १६, वडा नं. ४ धारापानीमा १६, वडा नं. ५ दुवेकोलमा आठ र वडा नं. ६ हौँचुरमा ३२ मेट्रिक्टन उत्पादन भएको छ । भर्खरै फल्न थालेको लिचीको दुईवटा बिरुवा बोटबाट यस वर्ष रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले जानकारी दिनुभएको छ । “प्रति दाना रु एकमा बिक्री गर्दा यस वर्ष रु ३० हजार आम्दानी भयो । आगामी दिनमा लिचीका थप बिरुवा रोप्ने तय...

सामुहिक रोपाइँमा जुटे राजनीतिक दलका भातृ सङ्गठन

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
–रामधन राई खोटाङ, १५ असार । राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट सङ्घ–सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दल निकट युवा तथा किसान सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका हुन् । धान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसीएल नेपाल खोटाङमा आवद्ध युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित मीना पराजुलीको १० रोपनी खेतमा रोपाइँ गरेका छन् । वाईसीएल जिल्ला अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यसहितका टोलीले जिल्ला उपाध्यक्षसमेत रहनुभएकी पराजुलीको खेतमा रोपाइँ गरेको हो । वाईसीएल नेपालको केन्द्रिय सर्कुलर बमोजिम जनशक्ति अभावमा बाँझिएका खेतमा रोपाइँ गरिएको वाईसीएल खोटाङले जनाएको छ । ‘धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित मनाइएको धान दिवसमा प्रायः युवा सहभा...

विदेशबाट फर्कने खार्मीका युवा रोपाइँमा रमाउँदै

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
–रामधन राई खोटाङ, १४ असार । दुई वर्ष मलेसियामा काम गरेर फर्कनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २१ वर्षीय दिलिप राई यतिखेर एक हल गोरुको साथ छोड्नुभएको छैन । साथमा गाउँका युवा साथीहरु बाउसे र रोपाहार । दिलिप भन्नुहुन्छ, “यहीँ गज्जब छ ।” दिलिप जस्तै युवाहरु धान रोपाइँमा रमाइरहेका छन् विदेशबाट फर्किएका खार्मीका धेरै युवा । न थकान न बाध्यता । दिलिपकै जेठो दाजु २५ वर्षीय विकास पनि ब्रुनाईबाट भर्खैर घर फर्किएर रोपाइँमै रमाइरहनुभएको छ । अनि अघिल्लो पुस्ताका दीर्घ राई आधी उमेर विदेशमा बिताएर गाउँमा खुब रमाइरहनुभएको छ । अहिले रोपाइँमा उहाँको माग भ्याइ–नभ्याइ छ । विदेशको भोगाइ सुनाउँदै काम गर्ने शैलि उहाँको चकिलो मान्छन् । रसिलो स्वभाव र व्यवहारका राई जस्तै बालाशेर राई, हर्कराज राई, बोलकुमार राई ‘बिन्दे’, महेश राई ‘मन्त्री’, दीर्घकुमार राई ‘काजी’, पवन राई लगायत यसरी नै रम...