Monday, September 14

कृषि

भोटेकोशी बाढी : खोटाङका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासनको आग्रह

भोटेकोशी बाढी : खोटाङका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासनको आग्रह

अर्थ, कृषि, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, १० भदौ । रसुवाको भोटेकोशी लगायतमा आएको भीषण बाढी प्रभावित जिल्लाहरूमा रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा गएका खोटाङ जिल्लाका नागरिकको अवस्था यकिन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ । प्रशासनले बुधबार साँझ एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङवासी नागरिक सुरक्षित रहे÷नरहेको र आफ्ना आफन्तहरूसँग सम्पर्कमा आए÷नआएको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । प्रशासनद्वारा जारी सूचना अनुसार बाढी प्रभावित क्षेत्रमा गएका व्यक्तिहरूले तुरुन्त आफ्ना आफन्तहरूसँग सम्पर्क गर्न र आफन्तहरूले पनि उनीहरूको अवस्था यकिन गरी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ । भोटेकोशीमा आएको बाढीले रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएपछि प्रशासनले आफ्ना नागरिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका ला...
अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

अपराध, अर्थ, कृषि, कोशी प्रदेश, समाचार, समाज
खोटाङ, ९ भदौ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिकरुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिस प्रजातिको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको उत्तिसको गोलिया काठ कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । गोलिया काठ व्यवसायीले सार्वजनिकस्थलको रुख कटान गरेर अवैधानिकरुपमा निकासी गर्न लागेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा निरीक्षण गर्दा त्यस्तै देखिएपछि गोलिया काठ बरामद गरिएको डिभिजन प्रमुख राजन राईले जानकारी दिनुभएको छ । “साप्सुखोला किनारमा छरपस्ट रहेका उत्तिस प्रजातिका गोलिका काठ मेरो हो भनेर दाबी गर्न अहिलेसम्म कोही आएका छैनन् । काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौ...
जन्तेढुङ्गाको ‘पुमा सामुदायिक होमस्टे (घरवास)’ छोटो समयमै पाहुनाको रोजाइमा

जन्तेढुङ्गाको ‘पुमा सामुदायिक होमस्टे (घरवास)’ छोटो समयमै पाहुनाको रोजाइमा

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, संगीत, समाचार, समाज
खोटाङ, ३ भदौ । किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्धारमा उभिएकी । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक होमस्टे (घरवास)’मा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको वर्णन हो यो । दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरु मिलेर वि.सं. २०८१ माघ–१५ गते ‘पुमा सामुदायिक होमस्टे (घरवास)’ सञ्चालन गरेका हुन् । गाउँपालिकाको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गरिएको पुमा सामुदायिक होमस्टे छोटो समयमै पर्यटक पाहुनाका लागि आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन् । होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई...
खार्ताम्छा र बाक्सिलाका ५३ कृषकलाई कृषि सामग्री वितरण

खार्ताम्छा र बाक्सिलाका ५३ कृषकलाई कृषि सामग्री वितरण

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ साउन । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा र वडा नं. ४ बाक्सिलाका ५३ जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । गाउँपालिकासँगको सहकार्यमा बालसेवा समाज नेपाल, नेर्पा खोटाङले जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषकलाई सामग्री वितरण गरेको हो । कृषकलाई ५०० लिटर क्षमताको हिलटेक, ५० मिटर प्लास्टिक पाइप, त्रिपाल, टिनको बाकस, रजिस्टर, १० केजीसम्म तौल गर्न मिल्ने डिजिटल मेसिन र डिजिटल क्यालकुलेटर वितरण गरिएको समाजकी अध्यक्ष चन्द्रकला भुजेलले जानकारी दिनुभएको छ । व्यवसायमा संलग्न, सीमान्तकृत, अपाङ्गता भएका तथा जोखिममा रहेका घरधुरीको सर्वेक्षण गरी छनोट भएका कृषक समूहलाई सामग्री प्रदान गरिएको हो । सामग्री वितरणअघि उनीहरूलाई नेतृत्व विकास, व्यवसाय योजना तथा वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको थियो । तालिम सम्पन्न भएको दुई महिनापछि सामग्री वितरण गरिएको अध्यक्ष भुजेलले बताउनुभएको...
एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक प्रहरी नियन्त्रणमा

एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक प्रहरी नियन्त्रणमा

अपराध, अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा गाँजा लुकाएर राखेको भन्ने जानकारीको आधारमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा वालिङस्थित मध्यपहाडी लोकमार्गबाट गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो । जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि गाँजा लुकाएर राखेको भेटिएको जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीचको भागमा फल्स बटम बनाएर लुकाइ राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको वालिङमा गाँजासहित रोकेर राखिएको ट्रकमा चालक वा अन्य कोही पनि व्यक्ति नभेटिएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा शुक्रबार गाँजासहित भेटिएको ट्रकको च...
हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु

हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २ साउन । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होम–स्टे (घरवास) सञ्चालनमा ल्याएका छन् । साउन–२ गतेदेखि औपचारिक उद्घाटन गरिएको होम स्टेसँगै ब्रान्डिङ गरिएको कोदोको तीनपाने रक्सीको बिक्री वितरणसमेत सुरु गरिएको छ । पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित होम–स्टे सञ्चालनमा ल्याइएको सञ्चालकहरूले जनाएका छन् । त्रिधार्मिकस्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको यो होम–स्टे पर्यटकको रोजाइमा पर्ने विश्वास गरिएको छ । होम–स्टेमा आउने पाहुनाले लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुकको अचार लगायतका परिकारसँगै स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर पाउनेछन् । ‘कोदोको सुगन्ध, संस्कृतिको सम्बन्ध’ नारासहित सुरु गरिएको होम–स्टेमा आउने पाहुनाका लागि सस्तो दररेट निर्धारण गरिएको छ । ...
जन्तेढुङ्गामा बाँझो जमिन उपयोग कार्यक्रम : आलु र तिते फापर उत्पादनमा जोड

जन्तेढुङ्गामा बाँझो जमिन उपयोग कार्यक्रम : आलु र तिते फापर उत्पादनमा जोड

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १ साउन । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्ष साढे तीन हजार केजी आलु फलाएको छ । गाउँपालिकाले सञ्चालन गरेको आलु खेती प्रवद्र्धन कार्यक्रमअन्तरगत वडा नं. ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा आलु खेती लगाइएको थियो । बाँझो जमिन उपयोगमा ल्याएर उत्पादन गरिएको आलुलाई भण्डारण गरेर विक्रीवितरणको व्यवस्था मिलाइएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ । गाउँपालिकाले चिसापानीमा सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएको आलु प्रतिकेजी रु ६० का दरले बिक्री सुरु गरिएको जनाइएको छ । गाउँपालिकाले सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएका आलुमध्ये एक हजार २७० केजी आलु बिक्री भइसकेको गाउँपालिकाका प्राविधिक सहायक तोशल भट्टराईले जानकारी दिनुभएको छ । आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाले आन्तरिक श्रोतमा जम्मा गर्ने व्यवस्था मिलाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालि...
उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३० असार । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तरगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ । दिक्तेलस्थित कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो । वार्लङखोला तीनतले चिउरीभिर तथा बाँझगरा कुलो सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ । दुवै समितिले गुणस्तरीय कार्यसम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय स्वामित्वको भावना प्रवद्र्धन, बाली सघनी...
बोपुङको वासिङ पहिरो : बर्सेनि उठीवास हुँदै आसपासका स्थानीयवासी

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीवास हुँदै आसपासका स्थानीयवासी

अर्थ, कृषि, कोशी प्रदेश, राजनीति, समाचार, समाज
खोटाङ, १८ असार । जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीवास बनाउँदै आएको छ । एक सताब्दीभन्दा पहिलेबाट सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको पहिरो वि.सं. १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरुले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिनुभएको छ । “एक सताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, वर्षेनी मानिसको घरवास उठाएको छ”, उहाँले भन्नुभयो, “लामो समय अघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर वर्षेनी झरिरहने पहिरो अब रोकिने अवस्था पनि छैन ।” जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र वडा नं. २ बोपुङको सीमाना भएर बग्ने ...
जनताको कामसँगै मौरीपालन व्यवसायमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर

जनताको कामसँगै मौरीपालन व्यवसायमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १७ असार । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त रहनुहुन्छ । कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आउनुभएका वडाध्यक्ष राईले व्यवसायिक मौरीपालन तथा आधुनिक घार निर्माणसम्बन्धी उद्योग सञ्चालन गर्नुभएको छ । घरको भित्तामा रहेको खोपाको मौरीलाई आधुनिक घारमा सारेर व्यवसाय सुरु गर्नुभएका वडाध्यक्ष राईको ‘डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योग’मा अहिले १८ वटा आधुनिक घारमा मौरी छन् । जङ्गलबाट आफै आएर खोपामा बसेको मौरीलाई वडाध्यक्ष राईले व्यवसायिक रुप दिन आधुनिक घारमा सार्नुभएको हो । वि.सं. २०७६ सालमा ‘मौरी स्रोत केन्द्र गोदावरी’मा तालिम लिएर आधुनिक घारसमेत निर्माण गरिरहनुभएका वडाध्यक्ष राईले स्थानीय तीनजना युवालाई रोजगारीसमेत दिनुभएको छ । वडाध्यक्ष राईले रहरले सुरु गर्नुभएको मौरीपालन व्यवसायलाई आधिकारिक रुपमा दर्ता ...