Tuesday, September 15

स्वास्थ्य

जन्तेढुङ्गा गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)

अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १० असार । जन्तेढुङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभामा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आर्थिक विद्येयक तथा बजेट आज (मङ्गलबार) प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ । नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार रहेको छ । आगामी आ.व.को प्रमुख नीति तथा कार्यक्रमहरू गाउँसभाका उपाध्यक्ष ज्यू, गाउँसभाका सदस्य ज्युहरु, अब म आ.व. २०८२र८३ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु । कृषि सम्बन्धी नीति तथा कार्यक्रम “उत्पादन तपाई गर्नुहोस बजार हामि दिन्छौ” भन्ने नारालाई निरन्तरता दिइएको छ । ५। जन्तेढुङ्गा गाउँपालिकाको उत्पादन आयआर्जन र रोजगारी सृजना हुने मुख्य कृषि र पशु पालन नै भएको र अधिकांश जनता यसैमा निर्भ...

केपिलासगढी गाउँपालिकाको बजेट रु ५० करोड सात लाख ५९ हजार

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ९ असार । केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिका प्रमुख समिर राईको अध्यक्षमा भएको गाउँसभाले आर्थिक विद्येक, विनियोजन विद्येक, आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट तथा विभिन्न विद्येकहरु सर्वसम्मत् रुपमा पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२÷०८३ को लागि वित्तीय समानीकरणतर्फ रु आठ करोड एक लाख, राजश्व बाँडफाँडतर्फ रु आठ करोड ५४ लाख नौँ हजार ३७३, सशर्त अनुदानतर्फ रु २१ करोड २७ लाख, समपुरक अनुदानतर्फ तीन करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका उपप्रमुख राईले विशेष अनुदानतर्फ रु तीन करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तरगत वित्तीय समानीकरणतर्फ रु ६८ ला...

कक्षा–१२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदो खेतीलाई प्रवद्र्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं. ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार (जेठ–३० गते) औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, ब्रेड, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शनसमेत गरिएको थियो । तालिममा सहभागीले ...

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषित भएको छ । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ७६९ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई हजार १०१ जना बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि आज (बुधबार) नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले नियमित खोप लगाउने वडा नं. १० पाथेकाका जेनिस विश्वकर्मालाई पूर्णखोप लगाएको खोपकार्ड तथा सम्मानपत्र प्रदान गर्दै कार्यक्रमलाई औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । नगर खोप समन्वय समितिका अध्यक्ष एवम् नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख तामाङले नगरपालिकाभित्रका १५ वटै वडा कार्यालयलाई प...

जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १२ जेठ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । वि.सं. २०४९ वैशाख–१ गते स्थापना भएर १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्न गत वैशाख–१ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । लामो समयसम्म १५ श्यया क्षमताको सुविधासहित सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको अस्पताल भवनको कामसमेत अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट पारित गरेर मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरिएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार...

जन्तेढुङ्गा बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १ जेठ । जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनासम्मका १५३ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४८७ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ । खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एकजना बच्चाले शुरुमा खोपकार्ड लिएर नियमित खोप लगाए पनि बीचमा छुटाएको पाइएकाले ती बच्चालाई समेत पूर्ण खोप उपलब्ध गराइएको जनाइएको छ । घोषणासभाको अवसरमा जिल्ला खोप समन...

रावाबेँसी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १८ वैशाख । रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि रावाबेँसी गाउँपालिकालाई मङ्गलबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । छ वडा रहेको रावाबेँसी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम्...

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, २० चैत । ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं. ३ ऐसेलुखर्क बजारमा निर्माण शुरु गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो । अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्ध÷निर्देशक सुनिल राईले जानकारी दिनुभएको छ । भ्याटसहित रु १९ करोड ३० लाख ४४ हजार ३०० लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीयवासीन्दा हर्षित भएका छन् । ...

निःशुल्क आँखा शल्यक्रिया शिविर : ९१ वर्षीया वृद्धासहित ९९ जनाको सफल शल्यक्रिया

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, ११ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९९ जनाको शल्यक्रिया सफल भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा नेत्रज्योति सङ्घ खोटाङले आयोजना गरेको निःशुल्क आँखा उपचार शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी ९१ वर्षीया देवीसरा राईसहित ९९ जनाको आँखाको शल्यक्रिया गरिएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ७१२ जनाको आँखा जाँच, ५७० जनालाई औषधि वितरण, २०२ जना जेष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण तथा ९९ जनाको शल्यक्रिया गरिएको आयोजक नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । “दश स्थानीय तह रहेको जिल्लामा एक हजार ५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको स...

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर : पहिलो दिन ३४ जनाको सफल शल्यक्रिया

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ९ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन आज (शनिबार) ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा उपचारका लागि नाम दर्ता गराएका २५७ जना बिरामीमध्ये ३४ जनाको सफल शल्यक्रिया गरिएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । आँखा शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बास जस्ता सेवा निःशुल्क प्रदान गरि...