एमाले अखिलको बखेडाले खोटाङमा स्ववियु निर्वाचन भएन : अन्य विद्यार्थी सङ्गठन
खोटाङ, ५ चैत । दश स्थानीय तह रहेको खोटाङमा त्रिभुवन विश्वविद्यालय काठमाडौँको सम्बन्धनप्राप्त सातवटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । तर, त्रिविले तोकेको निर्वाचन कार्यतालिकामा यस वर्ष खोटाङका कुनै पनि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन सकेन ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा दिक्तेल बहुमुखी क्याम्पस, त्रिधार्मिकस्थल हलेसी बजारमा हलेसी क्याम्पस, रावाबेँसी गाउँपालिकाको खार्पामा रावा क्याम्पस, साकेला गाउँपालिकाको रतन्छामा साकेला क्याम्पस, खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा खोटाङ क्याम्पस तथा सिम्पानी बजारमा सिम्पानी क्याम्पस र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा चिसापानी क्याम्पस सञ्चालनमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बखेडाका कारण जिल्लाका सातवटै क्याम्पस...
