साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खोटाङ, २१ मघ । साकेला गाउँपालिकामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।
गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, सर्टफुट, दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रधानाध्यापक दिलकुमार देउजाले जानकारी दिनुभएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन आज (बुधबार) गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले पानसमा बत्ती बालेर गर्नुभएको...









