मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
जिल्लाको मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको छ । नेपाली काँग्रेस गठबन्धनलाई छाडेर एक्लै चुनामा गएपछि गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मनोनयन गर्ने अन्तिम सयमा आएर उम्मेदवार परिवर्तन गरेको हो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट नगरपालिका माओवादीबाट प्रमुखमा दीपक प्रसाई र उप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मन्थली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र रामेछापका सचिव संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र मन्जु माझीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।
मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालबाट लबकुमार श्रेष्ठ र ईश्वरी बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली काँग्रेसबाट यो नगरपालिका प्रमुख र उपप्रमु...
