Sunday, September 13

समाज

बाक्सिलामा निर्माणाधीन विद्युत सबस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन

बाक्सिलामा निर्माणाधीन विद्युत सबस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ भदौ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा दश वर्षअघि नेपाल विद्युत प्राधिकरणको सबस्टेसन निर्माण सुरु गरिएको थियो । तीन वर्षमा सम्पन्न गर्नेगरी वि.सं. २०७३ भदौमा भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेसन अहिले पनि पूरा भएको छैन । निर्माणस्थलमा सबस्टेसनको लागि आवश्यक पर्ने विद्युतीय उपकरणहरु ल्याइए पनि जथाभावी खुला चौरमा थुपारिएका कारण कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको देखिएको छ । विद्युत प्राधिकरणसँग ठेकेदार कम्पनीले गरेको सम्झौताअनुसार वि.सं. २०७६ सालमै बनिसक्नुपर्ने सबस्टेसनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अहिलेसम्म पनि अधुरै छ । सबस्टेसन निर्माणस्थलमा कतिपय संरचनाको पिलर मात्र ठड्याएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको अलपत्र पारेर ...
खोटाङमा स्थानीय तहको सङ्ख्या तथा सीमा हेरफेरसम्बन्धी बहस थालियो

खोटाङमा स्थानीय तहको सङ्ख्या तथा सीमा हेरफेरसम्बन्धी बहस थालियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३० साउन । जिल्लामा गाउँपालिका, नगरपालिका वा वडाको सीमाना तथा सङ्ख्या हेरफेर गर्न खोटाङमा बहस थालिएको छ । गत असार–४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समिति खोटाङको पहलमा गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी बहस थालिएको हो । जिल्ला समन्वय समिति खोटाङले साउन–३० गते दिक्तेलमा कार्यक्रम आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकार प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय लगायतलाई भेला गरेर स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ । पहिलो दिनको छलफलमा स्थानीय तहको सङ्ख्या तथा सीमाना हेरफेर सम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोज...
लोड गर्नेक्रममा गोलिया काठले किचेर धनकुटाका एक युवकको खोटाङमा मृत्यु

लोड गर्नेक्रममा गोलिया काठले किचेर धनकुटाका एक युवकको खोटाङमा मृत्यु

अपराध, अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २९ साउन । ट्याक्टरमा गोलिया काठ लोड (चढाउने काम) गर्नेक्रममा सोही काठले किचेर धनकुटाका एक युवकको खोटाङमा मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार कोलिया काठ लोड गर्नेक्रममा सोही काठले किचेर धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो । पूर्वी तराईका जिल्ला निकासीका लागि गोलिया काठ बोकेर हिँडेको ट्याक्टर सडकमै पल्टिएपछि खसेको काठ उठाएर पुनः लोड गर्नेक्रममा मगरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको गोलिया काठ लोड गरेर डोरीले बाँध्नेक्रममा चिप्लिएर गोलियासँगै लडेका मगरलाई काठले किचेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । ग...
खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्र्योट

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्र्योट

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २८ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२÷०८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादित कार्यहरूको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम बिहीबार आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्र्योटको अवस्थाबारे जानकारी दिएको हो । प्रहरीले वि.सं. २०८२ साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्र्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसूर, जबरजस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना, बहुविवाह, गर्भ संरक्षणविरुद्धको कसूर, लागूऔषध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैङ्किङ कसूर, पशुपन्छीसम्बन्धी कसूर, जुवा तथा मानव बेचबिखनलगाय...
खार्ताम्छा र बाक्सिलाका ५३ कृषकलाई कृषि सामग्री वितरण

खार्ताम्छा र बाक्सिलाका ५३ कृषकलाई कृषि सामग्री वितरण

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ साउन । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा र वडा नं. ४ बाक्सिलाका ५३ जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । गाउँपालिकासँगको सहकार्यमा बालसेवा समाज नेपाल, नेर्पा खोटाङले जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषकलाई सामग्री वितरण गरेको हो । कृषकलाई ५०० लिटर क्षमताको हिलटेक, ५० मिटर प्लास्टिक पाइप, त्रिपाल, टिनको बाकस, रजिस्टर, १० केजीसम्म तौल गर्न मिल्ने डिजिटल मेसिन र डिजिटल क्यालकुलेटर वितरण गरिएको समाजकी अध्यक्ष चन्द्रकला भुजेलले जानकारी दिनुभएको छ । व्यवसायमा संलग्न, सीमान्तकृत, अपाङ्गता भएका तथा जोखिममा रहेका घरधुरीको सर्वेक्षण गरी छनोट भएका कृषक समूहलाई सामग्री प्रदान गरिएको हो । सामग्री वितरणअघि उनीहरूलाई नेतृत्व विकास, व्यवसाय योजना तथा वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको थियो । तालिम सम्पन्न भएको दुई महिनापछि सामग्री वितरण गरिएको अध्यक्ष भुजेलले बताउनुभएको...
त्रिधार्मिकस्थल हलेसीमा बोलबम मेला : अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थीको भीड

त्रिधार्मिकस्थल हलेसीमा बोलबम मेला : अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थीको भीड

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २५ साउन । साउनको अन्तिम सोमबार विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको भीड अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा साउन महिनाको अन्तिम सोमबार विशेष पूजाआजा तथा दर्शन गर्न देश तथा विदेशबाट भक्तजनहरु आएका हुन् । टाढाटाढाबाट गाडी रिजर्भ गरेर आएका भक्तजनका कारण हलेसी बजार तथा आसपासका क्षेत्रमा समेत बाक्लो चहलपहल बढेको स्थानीयले बताएका छन् । साउन महिनाको अन्तिम सोमबार बिहानैदेखि हलेसी मन्दिर क्षेत्र भक्तजनले भरिभराउ बनेको थियो भने, पूजाआजा तथा दर्शन गर्ने गेरुवस्त्रधारी भक्तजनको घुइँचो लागेको हो । साउनको अन्तिम सोमबार दर्शनार्थीको यकिन सङ्ख्या सङ्कलन भइरहेको र प्रारम्भिक अनुमानअनुसार २५ हजार भक्तजनले दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभएको छ । “हलेसीमा यस वर्...
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्वीर बन्यो कोशी प्रदेश उत्कृष्ट

विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्वीर बन्यो कोशी प्रदेश उत्कृष्ट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, २४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’ वैदेशिक रोजगारीमा विदेश गएर नौँ वर्षअघि नेपाल फर्कनुभएको थियो । विदेशमा रहँदा त्यहाँका कम्पनी मालिकको पेलान तथा आफ्नो देश नेपालप्रतिको मायाले दश महिना नबित्दै फर्कनुभएका पङ्कीमा नेपालका पर्यटकीयस्थलहरु घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख जागृत भयो । विदेशबाट फर्किलगत्तै आफ्नो सोखअनुसार पर्यटकीयस्थलहरुको उत्कृष्ट फोटो तथा भिडियो कैद गर्नका लागि क्यामेरा र ट्राईपोटसहित बन्दोवस्तीको सामग्री बोकेर पङ्की नेपालका कुना–कन्दराका नियमित यात्री बन्नुभयो । हरेक जिल्ला यात्राको क्रममा बटुलेको सुख, दुःख तथा पर्यटकीय सम्भावनाका क्षेत्रहरुको फोटो तथा भिडियो पङ्कीले आफ्नो (पङ्की राई भ्लग तथा युट्युब)मा राख्नुभएको छ । पछिल्लो समय नेपालका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रवद्र्धनमा दिलोज्यान ...
एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक प्रहरी नियन्त्रणमा

एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक प्रहरी नियन्त्रणमा

अपराध, अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा गाँजा लुकाएर राखेको भन्ने जानकारीको आधारमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा वालिङस्थित मध्यपहाडी लोकमार्गबाट गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो । जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि गाँजा लुकाएर राखेको भेटिएको जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीचको भागमा फल्स बटम बनाएर लुकाइ राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको वालिङमा गाँजासहित रोकेर राखिएको ट्रकमा चालक वा अन्य कोही पनि व्यक्ति नभेटिएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा शुक्रबार गाँजासहित भेटिएको ट्रकको च...
‘मनोज प्रतिभा पुरस्कार–२०८३’ उप–सचिवबाट अवकाश प्राप्त चन्द्रप्रसाद फुयाँललाई

‘मनोज प्रतिभा पुरस्कार–२०८३’ उप–सचिवबाट अवकाश प्राप्त चन्द्रप्रसाद फुयाँललाई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १५ साउन । मनोज स्मृति प्रतिष्ठान खोटाङले उप–सचिवबाट अवकाश प्राप्त चन्द्रप्रसाद फुयाँललाई ‘मनोज प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरेको छ । शहीद मनोज जोशी हत्यकाण्ड भएको ३५ वर्ष पूरा भएको अवसर पारेर साउन–१५ गते फुयाँललाई नगद रु दश हजार राशीको मनोज प्रतिभा पुरस्कार प्रदान गरिएको हो । वि.सं. २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेको बखत प्रहरीको गोली लागेर ज्यान गुमाउनुभएका मनोज जोशीको नाममा स्थापना गरिएको पुरस्कार यस वर्ष फुयाँललाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभएको छ । पुरस्कृत फुयाँल मोरङ सुन्दरहरैचा निवासी हुनुहुन्छ । वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएवापत जागिरबाट हटाइएका फुयाँललाई खोटाङमा बोलाएर पुरस्कार प्रदान गरिएकोआयोजकले जनाएको छ । फुयाँल लेखापालमा काम...
श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका बुइपाका वडाध्यक्ष दिनेश राई पदमुक्त

श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका बुइपाका वडाध्यक्ष दिनेश राई पदमुक्त

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेशकुमार राई पद मुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका वडाध्यक्ष राईको पद निर्वाचन आयोगले स्वतः रिक्त भएको घोषणा गरेको हो । निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम वडाध्यक्ष राईको पद रिक्त भएको जनाएको छ । एमाले केन्द्रीय सचिवालयले वडाध्यक्ष राईले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले उक्त निर्णय गरेको हो । वडाध्यक्ष राई असार–७ गते एमाले परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको थियो । वडाध्यक्ष राई वि.सं. २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दुईपटक वडाध्यक्षमा निर्वाचित हु...