खानेपानी सञ्चित गर्न नुनथलाका १०६ घर उपभोक्तालाई हिलटेक प्रदान
खोटाङ, ३१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ घर स्थानीय उपभोक्तालाई खानेपानी सञ्चित गर्नका लागि हिलटेक प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीका लागि धाराको पानी थापेर सञ्चित गर्दै उपभोग गर्नका लागि वडा कार्यालय नुनथलाले ५०० लिटरको हिलटेक निःशुल्क प्रदान गरेको हो ।
लोचाखोला मुहानको पानी उपभोग गर्ने स्थानीय उपभोक्तालाई प्रतिघर एक÷एकवटा हिलटेक उपलब्ध गराउने वडा कार्यालयको कार्यक्रम अनुसार पहिलो चरणमा यस वर्ष १०६ घर उपभोक्तालाई हिलटेक उपलब्ध गराइएको वडाध्यक्ष भगेश्वर राईले जानकारी दिनुभएको छ । “नुनथलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुनथलाका २४५ घर उपभोक्ताले वि.सं. २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्”, उहाँले भन्नुभयो, “पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण ग...
