वनमा लागेको डढेलो गाउँमा पस्दा एउटा विद्यालयसहित सात घर जलेर नष्ट
खोटाङ, ४ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खोटाङमा एउटा सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका स्थानीयवासीको सातवटा घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर गाउँ पस्दा साबिक डिकुवा गाउँ विकास समिति (गाविस)को वडा नं. ६ का स्थानीय अडमे राई, नगेन्द्र राई, हीराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई र हीराधन राईको घर जलेर नष्ट भएको जनाइएको छ । डढेलोबाट डिकुवामा भएको आगलागीका घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी एवम् डिकुवाका पूर्ववडा सदस्य घनश्याम राईले जानकारी दिनुभएको छ । कक्षा–५...
