‘मनोज प्रतिभा पुरस्कार–२०८३’ उप–सचिवबाट अवकाश प्राप्त चन्द्रप्रसाद फुयाँललाई
खोटाङ, १५ साउन । मनोज स्मृति प्रतिष्ठान खोटाङले उप–सचिवबाट अवकाश प्राप्त चन्द्रप्रसाद फुयाँललाई ‘मनोज प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरेको छ । शहीद मनोज जोशी हत्यकाण्ड भएको ३५ वर्ष पूरा भएको अवसर पारेर साउन–१५ गते फुयाँललाई नगद रु दश हजार राशीको मनोज प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
वि.सं. २०४८ साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेको बखत प्रहरीको गोली लागेर ज्यान गुमाउनुभएका मनोज जोशीको नाममा स्थापना गरिएको पुरस्कार यस वर्ष फुयाँललाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभएको छ । पुरस्कृत फुयाँल मोरङ सुन्दरहरैचा निवासी हुनुहुन्छ ।
वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएवापत जागिरबाट हटाइएका फुयाँललाई खोटाङमा बोलाएर पुरस्कार प्रदान गरिएकोआयोजकले जनाएको छ । फुयाँल लेखापालमा काम...









