उद्गमथलो ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धनमा किरात साम्पाङ राई समुदाय
खोटाङ, ३० असार । किरात साम्पाङ राई समुदायको ऐतिहासिक एवम् उद्गमथलो मानिने खोटाङको बास्पानीस्थित ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धन योजना अघि बढेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अवस्थित खकलुङको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माणको काम सुरु गरिएको हो ।
नेपाल सरकार, शहरी विकास मन्त्रालयको रु ८९ लाख ३० हजार ७८४ बजेटबाट पहिलो चरणमा मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल) निर्माण गरिएको छ । किरात साम्पाङ राई जुम्लेखा केन्द्रीय कार्यसमितिको पहलमा रु १४ करोड ६६ लाखको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर विभिन्न भौतिक संरचना निर्माणको काम थालिएको हो ।
किरात साम्पाङ राई समुदायको ऐतिहासिकस्थल एवम् उद्गमस्थल खकलुङमा क्रमशः कार्यालय भवन, सङ्ग्रहालय, गेष्टहाउस (पाहुना ...









