Sunday, September 20

समाचार

खोटेहाङका चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता पुरस्कृत

खोटेहाङका चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता पुरस्कृत

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २४ जेठ । खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम समापनको अवसर पारेर चार कृषक, चार विद्यार्थी, चार शिक्षक, तीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, चार विद्यालय, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समिति पुरस्कृत भएको हो । कृषकतर्फ सबैभन्दा बढी अन्नबाली फलाउने वडा नं. ७ खोटाङबजारका कृषक तुलसीराम चौलागाईँ, फलफूल खेतीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ४ बडकादियालेका सुरेश अछामी, नगदेबालीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ८ सिम्पानीका सुवाश खड्का र पशुपालनतर्फ सबैभन्दा बढी पशुपालन गर्ने वडा नं. १ लिकुवापोखरीका दुर्गाबहादुर खड्का पुरस्कृत हुनुभएको छ । पुरस्कृत कृषकलाई जनही नगद रु १५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाक...
संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा

संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २४ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवम् क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) सङ्कटमा परेको छ । तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश सरकार)को रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको पूर्णकदको शालिक तथा स्मृति पार्क संरक्षण अभावमा सङ्कटमा परेको हो । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिकस्थल टुँडीखेललाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ तीन वर्षअघि क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्क निर्माण गरिएको थियो । वि.सं. २०८० फागुन–८ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य (हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य) रामकुमार राई ‘पासाङ’ले क्रान्ति नायक ...
पङ्खुखोलामा आएको भीषण बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

पङ्खुखोलामा आएको भीषण बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सडकखण्डमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक शनिबार साँझबाट सञ्चालनमा आएको छ । जेठ–२२ गते शुक्रबार साँझ परेको भारी वर्षपछि आएको भीषण बाढीले अवरुद्ध बनेको सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन् । पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, सुमो र मोटरसाइकल सहजरुपमा आवतजावत गर्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्काभेटर तथा रणभीम गण मुडे ब्यारेक तथा जिल्ला ...
भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, साप्सुखोलाले ब्रेकर बगायो

भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, साप्सुखोलाले ब्रेकर बगायो

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ जेठ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको भारी वर्षपछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेको बस, सुमो र मोटरसाइकल यात्री अलपत्र परेका छन् । भीषण बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाअध्यक्ष दिनेश कठायतले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले डोजर तथा स्काभेटरसहित कामदार परिचालन गरेको छ । बाढीका कारण गएरातिबाट अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रुहरुलाई आग्रह गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । पङ्खुखोलाभ...
उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री

उत्पादन वृद्धि र लागत कम गर्न रावाबेँसीका कृषकलाई आधुनिक कृषि सामग्री

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २१ जेठ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र कृषकको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकै दिन रु २६ लाख बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो । गाउँपालिकाको ७५ तथा कृषकको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बास्तोलाले जानकारी दिनुभएको छ । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा कृषकलाई कृषि सामग्री प्रदान गरेको हो । कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परा...
दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिदा छ घर जोखिममा

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिदा छ घर जोखिममा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २१ जेठ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन वाल (तारजालीसहितको पर्खाल) बनिनसक्दै भासिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा निर्माणाधीन ग्याबिन वाल दोस्रो पटक बनिनसक्दै भासिएको हो । सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तरगत योजनामार्फत हालिएको ग्याबिन वाल यही जेठ–१५ गतेदेखि भासिन थालेको स्थानीयले बताएका छन् । निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले ग्याबिन वालको काम अन्तिम चरणमा पु¥याएको अवस्थामा सकिनु अगावै वालको बीच भाग भासिएको हो । तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकालिसकिएको र त्यसमाथि माटो फिलिङ गरेर सम्याउने काम सक्नु अगावै पर्खाल भासिएको ठेकेदार कम्पनीले जनाएको छ । माम्खामा भित्तातिरको चट्टान काटेर सडक चौडा बनाए मात्र दीर्घकालीन समस्या समाधान हुने स्थानीयले बताउँदै आएका छन्...
निर्माण सामग्री ढुवानी गर्नेक्रममा मार्बलले किच्दा व्यवसायीकै छोराको मृत्यु

निर्माण सामग्री ढुवानी गर्नेक्रममा मार्बलले किच्दा व्यवसायीकै छोराको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २० जेठ । निर्माण सामग्री ढुवानी गर्नेक्रममा मार्बलले किच्दा खोटाङका निर्माण व्यवसायी लालबहादुर विश्वकर्माको छोरा सुजन कोईरालाको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियाले स्थायी घर भइ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा बस्दै आउनुभएका निर्माण व्यवसायी लालबहादुरको जेठा छोरा २२ वर्षीय सुजनको गएराति भोजपुरमा मृत्यु भएको हो । सिबिल ईन्जिनियरको अध्ययन पूरा गरेर बुबासँगै निर्माण व्यवसायको काम गर्दै आउनुभएका सुजनको दुर्घटनामा मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । मुकुन्द–ईन्दिरा निर्माण सेवा कम्पनीका सञ्चालक लालबहादुरले भोजपुरको षडानन्द नगरपालिका– १४ बोयास्थित स्वास्थ चौकी भवन निर्माणको जिम्मा लिनुभएको छ । निर्माणाधीन स्वास्थ्य चौकी भवनको लागि आवश्यक सामग्री ढुवानी गर्नेक्रममा भोजपुर नगरपालिका–१ हेलौछास्थित वडा कार्यालय नजिकै पर्ने भाम्राङ भन्ने ठाउँमा गएराति घटन...
हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम : सल्लेका ३१ घर मगर परिवार लाभान्वित

हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम : सल्लेका ३१ घर मगर परिवार लाभान्वित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत रु ५३ लाख रहेको जनाइएको छ । जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले रु ४६ लाख तथा स्थानीय उपभोक्ताले रु सात लाख बराबरको श्रमदान तथा नगद सहभागिता जनाएको वडाध्यक्ष काशीराज राईले जानकारी दिनुभएको छ । स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिमार्फत तानेर निकालिएको पानी वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका ३१ घर स्थानीय मगर परिवारले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपा...
नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ : एघार विद्यामा उत्कृष्टलाई अवार्ड

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ : एघार विद्यामा उत्कृष्टलाई अवार्ड

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, समाज
खोटाङ, २० जेठ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका विभिन्न ११ विद्यामा उत्कृष्टलाई २०८३ को अवार्ड वितरण गरेको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको हो । महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक चोइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’का लेखक बिबेक गुरुङ, उत्कृष्ट निर्देशक अवार्ड लिम्बू चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन, उत्कृष्ट अभ...
दिक्तेल रुपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

दिक्तेल रुपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १९ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वातावरण संरक्षण, जैविक विविधताको संवद्र्धन, जलवायु परिवर्तनका चुनौतीहरुको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि नगरपालिकाले अभियान सञ्चाल गर्ने भएको हो । बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरुको अन्दाधुन्द दोहनले वातावरणीय सङ्कट गहिरिँदै गएकाले संरक्षण गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “स्वच्छ वाहा, सफा पानी, उर्वर भूमि र जैविक विविधता बिना मानव अस्तित्वको सम्भावना छैन । वातावरण मानव जीवनको आधार हो”, उहाँले भन्नुभयो, “अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, वातावरण संरक्षणमा नागरिकको सहभागिता बढाउन र भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसाथ गर्न सहयोग...