Wednesday, April 22

समाचार

रास्वपा खोटेहाङका सभापतिसहित ३० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिका सभापति प्रदीप आचार्यसहित ३० जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएका छन् । पार्टीका केन्द्रीय नेताहरुको कार्यशैलि तथा पार्टीको नीति जनपक्षीय नभएको भन्दै सभापति आचार्यसहितका नेता तथा कार्यकर्ताहरु बिहीबार माओवादी केन्द्रमा समाहित भएका हुन् । माओवादी केन्द्रले खोटेहाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँपालिका पार्टी सचिवालय सदस्य एवम् एमालेबाट खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्वाचित वडा सदस्य किरण राईसमेत माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । राईसँगै एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल प्रवेश गर्नुभएको माओवादी केन्द्रले जनाएको छ । समाहित भएका तथा पार्टी प्रवेश गर्नुहुने नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस...

बुबाआमा टुङ्गो नभएका ईन्द्रबहादुरले ३६ वर्षको उमेरमा नागरिकता पाएपछि…

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १८ वैशाख । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय ईन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु । त्यसपछि उनीहरुको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।” बुबाआमा दुवै पत्ता नलागेका ईन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल नागरिकता ऐन २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई बंशजको आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका...

रावाबेँसी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १८ वैशाख । रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि रावाबेँसी गाउँपालिकालाई मङ्गलबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । छ वडा रहेको रावाबेँसी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम्...

‘भ्वाईस अफ नेपाल’को फाईनलिस्ट रोशनलाई गृह जिल्ला खोटाङमा भव्य स्वागत

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, संगीत, समाचार, समाज
खोटाङ , १७ वैशाख । ‘द भ्वाईस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई ‘पालुवा स्टार’लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) मेलिना राईको समूह (टिम)बाट फाइन चरणमा पुग्नुभएका प्रतियोगी रोशनलाई आज (बुधबार) दिक्तेल बजारमा साँस्कृतिक झाँकीसहित स्वागत गरिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा खोटाङका गायक रोशन दिक्तेल बजारको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’सहितको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लामा उपस्थित हुनुभएको भएको छ । प्रतियोगी रोशनसहितका टोलीलाई दिक्तेलस्थित किरातचोकदेखि हाटडाँडा हुँदै त्रिवेणीचोकमा आयोजना गरिएको कार्यक्रमस्थलसम्म ¥यालीसहित स्वागत गरिएको हो । पालुवास्टारले समेत परिचित भ्वाईसका प्रतिस्पर्धी रोशन सोही विद्यालयमा कक्षा–३ देखि माध्यमिक तह (एसएलसी)सम्म प...

खोटाङमा ट्याक्टर दुर्घटना : एकको मृत्यू, दुई घाईते

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
  खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जन्तेढुगागाउँपालिका ५ चिसापानीबाट गोलिया काठ बोकेर बङ्शिलाघाटतर्फ जादै गरेको प्रदेश -२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चिसापानीका रोशन बिकको मृत्यु भएको हो । बैशाख-१६ अर्थात मङगलबार राती बराहपोखरी गाउँपालिका-६ मौवाबोटेमा ट्याक्टर पल्टिएको थियो।गम्भिर घाईते बिकलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले उल्लेख गरेको छ । अनियन्त्रीत ट्याक्टर सडकबाट करिब सय मिटर तल खस्दा चालक झन्तेढुङगा गाउँपालिका-४ डम्बर्खुशिवालयका सुमन दाहाल घाईते बनेको छ । दाहालको टाउको, दुवै खुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेको छ । यस्तै, अर्का सहचालक तेह्रथुमका लालीगुरास नगरपालिका-२ का निर्मल गुरुङको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाईते दुवैलाई धरानस्थित बिपी कोईराला बि...

वैशाख–२३ गतेदेखि खोटाङमा अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख–२३ गतेदेखि २५ गतेसम्म खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो । दिक्तेल बजारस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्डहल’मा आयोजना गर्न लागिएको तीन दिवसीय प्रतियोगितामा खुला पुरुष डबल्स, मिक्स डबल्स, भेट्रान्स डबल्स (४० वर्षमाथिका) तथा शिक्षक, कर्मचारी, जनप्रतिनिधि डबल्स र १५ वर्षमूनिका सिङ्गल प्रतियोगिता गरिने ब्याडमिन्टन सङ्घले पत्रकार सम्मेलनमार्फत जनाएको छ । खुला पुरुष डबल्समा प्रथम हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार तथा सेमिफाइनलिष्ट दुई टिमले रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ब...

पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर हस्तान्तरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १३ वैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाउनुभएको थियो । आफू १२ वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाउनभएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवै रोगी हुनुहुन्छ । बुबाको अप्राकृति मृत्यु (झुन्डिएर आत्महत्या)पछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ । ठुली बहिनी दीपा राई कक्षा–७, निशा कक्षा–५ र कान्छा भाइ मुस्कान कक्षा–३ मा अध्ययनरत छन् । भाइबहिनीको पठनपाठनसँगै आफूसमेत कक्षा–१० मा अध्ययनरत छितिजको घर गत असार–९ गतेबाट शुरु भएको भारी वर्षासँगै आएको पहिरोले पु¥यो । सुङ्देलस्थित भीरखर्कमा रहेको घर तथा घरमा भएका सम्पूर्ण सामग्री पहिरोमा पुरिएपछि छितिज पाँचजनाको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएका थिए । पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमेपछि बिचल्लीमा परेक...

वाईसिएल नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा लेखबहादुर रम्तेल

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १३ वैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमिति अध्यक्षमा लेखबहादुर रम्तेल चयन हुनुभएको छ । दिक्तेलमा वैशाख–१२ गते सम्पन्न वाईसिएलको दोश्रो नगर सम्मेलनबाट रम्तेल अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो । ३१ सदस्यीय नगर कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र विश्वकर्मा र सावित्रा बास्तोला, सचिवमा सुरेन्द्र राई, सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका तथा कोषाध्यक्ष रोजिना कार्की चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा सम्पन्न सम्मेलनमा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुवोधराज सेर्पाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राई, केन्द्रीय सदस्यहरु समिति कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, जिल्ला सचिव सँगिन किराती लगायतको उपस्थिति थियो । नगर सम्मेलन उद्घाटनअघि दिक्तेल बजारमा ¥य...

शिक्षक आन्दोलनको प्रभाव : वैशाख–१५ गतेबाट दिक्तेल बजारमा हुने बृहत् महोत्सव १२ दिनपछि सारियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, ९ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो । वैशाख–१५ गतेदेखि गर्ने तयारी गरिएको महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित हुने भएपछि १२ दिनपछि वैशाख–२७ गतेबाट शुरु गर्नेगरी सारिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “महोत्सवको प्रमुख उद्देश्य भनेको व्यवसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको प्रर्यटन प्रवद्र्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन् । शिक्षक आन्दोलनका कारण अ...

साप्सुखोला सुकाएर जलविद्युत उत्पादन, असला माछासहितका जलचर मासिए

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ८ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत आयोजनाको विद्युत वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रशारण लाइनमा समेत जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत गृह)बाट उत्पादन गरिएको जलविद्युत दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको हो । राजापानीकै बसुवास्थित सा...