खोटाङलाई पूर्ण विद्युतीकरण गर्न रु पाँच करोड आवश्यक
खोटाङ, ७ वैशाख । दश स्थानीय तह रहेको खोटाङका ९६ प्रतिशत घरधुरी उपभोक्ताले विद्युत उपभोग गरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण खोटाङले गरेको सर्वेक्षण अनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रशारण लाइन तथा दश प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत बलेको पाइएको हो ।
केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरधुरी उपभोक्तामा विद्युत पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वि.सं.२०५७ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले दिक्तेल बजारमा आएर केन्द्रीय प्रशारण लाइनको विद्युत औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो ।
विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरधुरी उपभोक्ताले विद्युत उपभोग गरिरहेका छन् । विद्युतीकरण ...
