श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका बुइपाका वडाध्यक्ष दिनेश राई पदमुक्त
खोटाङ, १५ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेशकुमार राई पद मुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएका वडाध्यक्ष राईको पद निर्वाचन आयोगले स्वतः रिक्त भएको घोषणा गरेको हो ।
निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम वडाध्यक्ष राईको पद रिक्त भएको जनाएको छ । एमाले केन्द्रीय सचिवालयले वडाध्यक्ष राईले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले उक्त निर्णय गरेको हो ।
वडाध्यक्ष राई असार–७ गते एमाले परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको थियो । वडाध्यक्ष राई वि.सं. २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दुईपटक वडाध्यक्षमा निर्वाचित हु...









