Thursday, September 17

समाचार

बराहपोखरीमा ४१ वटा योजना सम्पन्न, कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २६ वैशाख । बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएको पाइएको छ । गाउँपालिकाले वैशाख–२५ गते सार्वजनिक सुनुवाइ गर्दै सम्झौता गरिएकोमध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी रहेको जानकारी दिएको छ । गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलका अनुसार आर्थिक २०८१÷०८२ मा वडा नं.–१ बराहपोखरीमा १८ वटा योजना सम्झौता गरिएकोमा आठवटा योजना सम्पन्न भइसकेको छ । यस्तै, वडा नं.–२ सुन्तलेमा दशवटा योजना सम्झौता गरिएकोमा आठवटा सम्पन्न, वडा नं.–३ साउनेचौंरमा ११ वटा योजना सम्झौता गरिएकोमा सातवटा योजना सम्पन्न भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा १२ योजना सम्झौता भएकोमा आठवटा, वडा नं.–५ पौवासेरामा आठयोजना सम्झौता गरिएकोमा चारवटा र वडा नं.–६ मौवाबोटेमा आठयोजना सम्झौता गरिएकोमा छवटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । बाँकी रहेका २६ वटा योजना पन...

कात्तिके फुटबल क्लब ईन्द्रणीपोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’को उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २५ वैशाख । दोस्रो सँस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित खोटाङबजार टुँडीखेलमैदानमा आज (बिहीबार) सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब ईन्द्रेणीपोखरीलाई ५–० गोल अन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब ईन्द्रेणीपोखरीले प्रथम उपाधि जितेको हो । प्रथम उपाधि विजेता कात्तिके फुटबल क्लब ईन्द्रणीपोखरीले रु एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारुहाङ फुटबल क्लब ईन्द्रेणीपोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५÷२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो सँस्करणको प्रतियोगिताका स...

कोशी प्रदेशका मन्त्री राईविरुद्ध कार्यकर्ताको नाराबाजी, कडा सुरक्षाघेराभित्र वार्ता हुँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २५ वैशाख । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईविरुद्ध आज (बिहीबार) गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकामा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन् । नागरिक भेटघाट कार्यक्रम लिएर गृह जिल्ला खोटाङ आउनुभएका मन्त्री राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् । मन्त्री राईको कार्यक्रम अवरोध गर्न साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राई आफै टोलीको नेतृत्व गर्दै कार्यक्रमस्थलमा खटिनुभएको छ । कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र गाउँपालिका प्रमुखबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानक...

वाईसिएल नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती सर्वसम्मत चयन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २४ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिल नेपाल खोटाङको आज (बुधबार) राति सम्पन्न प्रथम जिल्ला सम्मेलनले किरातीलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा चेवन बुधाथोकी, जीवनज्योति राई र मिनाकुमारी घिमिेरे (बुधाथोकी), सचिवमा सुजेन राई, सहसचिवमा विजय राई र राजेश प्रधान तथा कोषाध्यक्षमा वुद्धिकुमार राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई वाईसिल नेपालका केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला ईन्चार्ज शुभलाल राई ‘आदेश’ले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ । वाईसिएल नेपाल खोटाङको ५५ सदस्यीय जिल्ला कार्यसमितिमा एकजना महिला सहसचिवको पद भने, खाली राखिएको जनाइएको छ । खाली राखिएको पदमा जन्तेढुङ्गा गाउँपालिकाका...

उँभौलीको मझेरीमा बृहत मुन्दुमी साँस्कृतिक साँझ

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २२ वैशाख । किरात राईहरुको महान चाड साकेला उँभौलीको अवसर पारेर खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझको तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिको संयोजनमा आगामी वैशाख–२७ गते दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा मुन्दुमी साँझ आयोजना गर्ने तयारी गरिएको हो । किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ, किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको आयोजनामा कार्यक्रम सम्पन्न हुने किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिका महासचिब पदम थुलुङ राईले सुनाउनुभयो । कार्यक्रममा चर्चित गायिका पार्वती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सँगीतकार राई नवीन, गायिका ईन्द्रकला राई लगायतका गायक–गायिकाको प्रस्तुति रहने महासचिब थुलुङ राईले जनाउनुभयो । उँभौलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान साँझम...

केपिलासगढीका अपाङ्ग र जेष्ठ नागरिकले आफ्नै गाउँमा बनाए राष्ट्रिय परिचयपत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २० वैशाख । केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीन दिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकगरी १२४ जनाले आफ्नै गाउँमा सेवा लिएका हुन् । अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीनवटा केन्द्रमा एक÷एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको पहलमा पहिलो पटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि सेवाग्राहीसमेत हर्षित बनेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य आवश्यक पर्ने नीति नेपाल सरकारले लागू गरेपछि जिल्ला प...

रावासावा कला पुरस्कार चाम्लिङ तथा साहित्य पुरस्कार परियारलाई प्रदान गर्ने घोषणा

गृह पृष्ठ, ताजा समाचार, समाचार, साहित्य
खोटाङ, २० वैशाख । रावासावा प्राज्ञिक समाज नेपालले विभिन्न क्षेत्रमा क्रियाशील रहेर जिल्ला तथा देशका लागि योगदान गर्ने खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने भएको छ । आगामी असोज पहिलो साता काठमाडौँमा आयोजना हुने रावासावा प्राज्ञिक समाजको १२ औँ साधारणसभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर साहित्य, कला, सँगीत, शिक्षा, समाजसेवा र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने घोषणा गरेको हो । यस वर्षको ‘रावासावा पुरस्कार–२०८२’ वरिष्ठ गीतकार एवम् कवि टीका चाम्लिङ र हास्यकलाकार एवम् साहित्यकार गोकुल परियारलाई प्रदान गरिने आयोजकले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वरिष्ठ सँगीतकार एवम् कवि चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार–२०८२’ र खोटेहाङ गाउँपालिका– ८ सिम्पानीका हास्यकल...

रोशनलाई ‘भ्वाईस अफ नेपाल’को उपाधि जिताउन खोटाङवासी अभियानमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, संगीत, समाचार, समाज
खोटाङ, १८ वैैशाख । ‘द भ्वाइस अफ नेपाल’ छैटौँ सिजनको उपाधि दाबेदार रोशन राईलाई जिताउन खोटाङमा तीव्र अभियान चलाइएको छ । कोच (प्रशिक्षक) मेलिना राईको टिमबाट फाईनल प्रवेश गर्नुभएका राईलाई जिताउन जिल्लाका विभिन्न सङ्घसस्था तथा शिभचिन्तकले ‘रोशन राई जिताउ’ अभियानलाई तीव्र बनाएका हुन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७ टेम्माका राईलाई बुधबार उनी अध्ययनरत दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले साँस्कृतिक झाकीसहित स्वागत तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको थियो । सो स्कूलले रोशनको गायन प्रतिभाकै कारण पूर्ण छात्रवृत्तिमा एसएलसीसम्म अध्ययन गराएका थिए । कार्यक्रममा रोशन जिताउ अभियानकै टोलीमा रहेका गायक तथा सँगीतकार हसन राई, मनिता राई लगायतले प्रस्तुति दिएका थिए । रोशनलाई जिताउने उद्देश्यले आयोजक स्कूलको तर्फबाट एक लाख तथा अन्य शुभचिन्तकबाट स्वेछिक रुपमा रकम सङ्कलन गरिरहेकाछन् । बिहीबार साके...

रास्वपा खोटेहाङका सभापतिसहित ३० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिका सभापति प्रदीप आचार्यसहित ३० जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएका छन् । पार्टीका केन्द्रीय नेताहरुको कार्यशैलि तथा पार्टीको नीति जनपक्षीय नभएको भन्दै सभापति आचार्यसहितका नेता तथा कार्यकर्ताहरु बिहीबार माओवादी केन्द्रमा समाहित भएका हुन् । माओवादी केन्द्रले खोटेहाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) गाउँपालिका पार्टी सचिवालय सदस्य एवम् एमालेबाट खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्वाचित वडा सदस्य किरण राईसमेत माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । राईसँगै एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल प्रवेश गर्नुभएको माओवादी केन्द्रले जनाएको छ । समाहित भएका तथा पार्टी प्रवेश गर्नुहुने नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस...

बुबाआमा टुङ्गो नभएका ईन्द्रबहादुरले ३६ वर्षको उमेरमा नागरिकता पाएपछि…

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १८ वैशाख । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय ईन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु । त्यसपछि उनीहरुको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।” बुबाआमा दुवै पत्ता नलागेका ईन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल नागरिकता ऐन २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई बंशजको आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका...