रावाबेँसी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका
खोटाङ, १८ वैशाख । रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि रावाबेँसी गाउँपालिकालाई मङ्गलबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
छ वडा रहेको रावाबेँसी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम्...
