इन्द्रेणीपोखरीमा राज्यको लगानी, पोखरी नै सुकेपछि बालुवामा पानी
खोटाङ, ६ वैशाख । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । ठूला चउर र घाँसेमैदानको बीचमा अवस्थित पर्यटकीयस्थल इन्द्रेणीपोखरीको नामबाटै उक्त वडाको नाम इन्द्रेणीपोखरी राखिएको स्थानीय जानकारहरुले बताउने गरेका छन् ।
प्राकृतिकरुपमै पर्यटकीयस्थल रहेको इन्द्रेणीपोखरीको चौतर्फी विकास गर्न देशमा सङ्घीयता लागूभएसँगै स्तरोन्नतिको काम थालियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले रु दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेको छ ।
वर्षौँदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) रहेको इन्द्रेणीपोखरीमा हरेक सालको नयाँ वर्ष (वैशाख–१ गते) बृहत मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि ए...
