दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर : पहिलो दिन ३४ जनाको सफल शल्यक्रिया
खोटाङ, ९ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन आज (शनिबार) ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा उपचारका लागि नाम दर्ता गराएका २५७ जना बिरामीमध्ये ३४ जनाको सफल शल्यक्रिया गरिएको हो ।
दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आँखा शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बास जस्ता सेवा निःशुल्क प्रदान गरि...
