Friday, April 24

समाचार

खाेटाङमा श्रम संस्कृति पार्टीका आरन राईकाे सुरुवाती अग्रता

खाेटाङमा श्रम संस्कृति पार्टीका आरन राईकाे सुरुवाती अग्रता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे सुरुवाती अग्रता भएकाे छ । केपिलासगढी गाउँपालिकाकाे एक हजार ८७ मत गणना हुँदा आरेनले ४०६ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिनुभएकाे हाे । नेपाली काँग्रेसका वीरकाजी राईले ३२६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले १०६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले ११९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले २२, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले छ, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले दुई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथाेकी ´सैलेश`ले तीन, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई, मङ्गाेल नेशनल अर्गनाइजेसन पार्टीका प्याग राईले एक र स्वतन्त्र उम्मेदवार तिलकचन्द्र राईले एक मत प्राप्त गर्नुभएका...
खाेटाङमा मत गणना सुरु, तीन/तीन हजार गणना सकिएपछ नतिजा सार्वजनिक गरिने

खाेटाङमा मत गणना सुरु, तीन/तीन हजार गणना सकिएपछ नतिजा सार्वजनिक गरिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा भर्खरैबाट मत गणना सुरु भएकाे छ । केपिलासगढी गाउँपालिका- ३ बास्पानी र साेही गाउँपालिकाकाे वडा नं. ४ बाक्सिलाबाट मत गणना सुरु गरिएकाे हाे । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा दिउँसाे १:०० बजे बसेकाे सर्वदलीय बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे थियाे । सर्वदलीय बैठकले दिउँसो ३:३० बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेपनि प्राविधिक कारणले अपरान्ह ४:५० बजेबाट मात्रै सुरु गरिएकाे हाे । दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ । एउटा गणनास्थलमा एक पटकमा दुई/दुईवटा मतदानस्थलकाे मत मिसाएर गणना सुरु गरिएकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।...
सर्वदलीय बैठक सकियाे, दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने निर्णय

सर्वदलीय बैठक सकियाे, दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने निर्णय

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा बसेकाे सर्वदलीय बैठकले जिल्लाका सबै वडाकाे छुट्टाछुट्टै मत गणना गर्ने निर्णय गरेकाे हाे । बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ । फागुन-२१ गते भएकाे सम्पन्न भएकाे निर्वाचनमा खसेकाे मतकाे मतपेटिका फागुन-२२ गते बिहानमात्रै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याइपुर्याइएकाे हाे । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लाभर १३...
सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङका सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाकाे सबैभन्दा टाढा रहेकाे जन्तेढुङ्गा र बराहपाखरी गाउँपालिकाे मतपेटिका ल्याइएसँग मतपेटिका सङ्कलनकाे काम सम्पन्न भएकाे हाे । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।  जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।  ´निर्वाचन सम्पन्न भएर मतपेटिका सङ्कलनकाे कामसमेत सकिएकाे छ । अब सर्वदलीय बैठक बसाएर मत गणनाकाे काम सुरु गर्छाैँ`, उहाँले भन्नुभयाे, ´खाेटाङमा साैहार्दपूर्ण वातावरणमा निर्वाचन सम्...
प्रतिनिधिसभा निर्वाचन : खाेटाङमा ४३ प्रतिशत मत खस्याे

प्रतिनिधिसभा निर्वाचन : खाेटाङमा ४३ प्रतिशत मत खस्याे

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २१ फागुन । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाेटाङमा ४३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।  जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ । जिल्लामा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् । मतदानस्थलबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दिक्तेलतर्फ ल्याउन थालिएको छ । टाढा रहेका सबै मतदान केन्द्रबाट भाेलि फागुन-२२ गते बिहानसम्म मतपेटिका आइपुग्ने बताइको छ ।  नजिकै रहेका मतदानस्थलहरुबाट मतपेटिकाहरु आउन थालेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमु...
खाेटाङमा निर्वाचनको तयारी पूरा, मतगणना स्थलसमेत निर्माण गरियाे

खाेटाङमा निर्वाचनको तयारी पूरा, मतगणना स्थलसमेत निर्माण गरियाे

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १९ फागुन । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणना स्थल तयार पारेको हो । जिल्ला अदालत दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन कोठालाई प्रयोग गरेर मतगणना स्थल तयार पारेको छ । अदालतको तीन कोठामध्ये एक कोठामा मत पेटिका भण्डारण गर्ने र दुई कोठामा मत गणना हुने सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिनुभएको छ । मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले पाटेसन (विभाजन) गरिएको छ । तारजालीको पाटेससनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ । यही फागुन-२१ गते देशकभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणना स्थलमा मत पेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश

नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य सावित्री राईसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । श्रम संस्कृति पार्टी खोटाङले बिहीबार बाक्सिला बजारमा आयोजना गरेको चुनावीसभामा नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका जिल्ला सचिवालय सदस्य आशिष राई, जिल्ला सदस्य प्रेम राई लगायतका नेताहरु प्रवेश गरेका हुन् । चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका केन्द्र, जिल्ला तथा पालिकास्तरीय समितिमा क्रियाशील नेता तथा कार्यकर्तागरी १७७ जनालाई श्रम संस्कृति पार्टीमा स्वागत गरिएको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ । एमालेका केपिलासगढी गाउँपालिका अध्यक्ष सन्तोष राई, सचिव विशाल दुमी राई, जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिका समितिका वरिष्ठ उपाध्यक्ष मनकुमार राई तथा एमाले वडा नं. २ खार्ताम्छाका...
उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ७ फागुन । जेसिबिले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं. ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना १ क ७३४७ नम्बरको जेबिसिले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । सडक निर्माण गर्न लगिएको जेसिबि बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा निर्माणस्थल नपुगी बिग्रिएपछि मर्मत गरिएको थियो । मर्मतपछि काम सुरु गरेको करिब एक घण्टा नबित्दै जेसिबिले पहिरो पन्छाउनेक्रममा माथिबाट खसालेको ढुङ्गा करिब ४०० मिटर तल बसीरहनुभएका राईको टाउकोमा झरेर लाग्दा उहाँको घटनास्थलैमै मृत्यु भएको स्थानीयले बताएका छन् । च्यास्मिटारमा घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबि र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्...
पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा

पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ६ फागुन । जिल्ला अस्पताल खोटाङमा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाका लागि निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भोग्दै आएका महिलालाई जिल्लामै उपचार सेवा उपलब्ध गराउन अस्पतालले निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेको हो । अस्पतालमा पाठेघर सम्बन्धी समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेलगत्तै दुई जना महिलाको सफल उपचार गरिएको अस्पतालका प्रमुख डाक्टर अमिताब ठाकुरले जानकारी दिनुभएको छ । “म यहाँ आएपछि धेरै महिलाको दुःख देखेँ । पाठेघर सम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब कुनै पनि महिलाले त्यो बाध्यता व्यहार्नु पर्दैन”, उहाँले भन्नुभयो, “हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ । जिल्लामै पहिलोपटक यो शल्यक्रियास...
सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड बढीको क्षति

सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड बढीको क्षति

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ६ फागुन । साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको स्टोर (भण्डारण गृह) र क्वाटर (आवास गृह)को रुपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा बुधबार आगलागी भएको हो । गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा रहेको सामुदायिक भवनमा बुधबार बिहान करिब साढे छ बजेतिर आगलागी सुरु भएको थियो । सामुदायिक भवनमा आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय मात्तिम र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर नियन्त्रणमा लिएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिनुभएको छ । आगलागीमा परेको भवनको साढे दुईतले पक्की सामुदायिक भवनको पहिलो तलामा गाउँपालिकाको स्टोर तथा माथिल्लो तलामा उपप्रमुख बिर्सिका राई र कर्मचारीको आवास रहेको थियो । बिहानको समयमा अचानक लागेको आगोको रुप ठ...