जाजरकोटका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक बरामद
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
जाजरकोटमा तीन नाल भरुवा बन्दुक फेला परेको छ । जिल्लाका फरक-फरक स्थानबाट प्रहरीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरी चौकी पैंकबाट गस्तीमा गएको प्रहरीको टोलीले कुशे गाउँपालिका–८, बिजुलीडाँडास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको छ ।
यसैगरी छेडागाड नगरपालिका–५ चिसापानीबाट र सोही नगरपालिका-२ मजेरीस्थित जंगलबाट ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
