चालु आर्थिक वर्षको पहिलो महिनामा नै भेटिएन राजस्व संकलनको लक्ष्य
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा राजस्व संकलन उत्साहजनक देखिएको छैन । यस महिना लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।
आन्तरिक राजस्व विभागले चालु आवको पहिलो महिना साउनमा ३९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको यस अवधिमा ३९ अर्ब ७६ करोड ९५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ९०.६० प्रतिशत मात्रै हो । विभागले यस अवधिमा ४३ अर्ब ८९ करोड ४९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यस अवधिमा विभागले आयकर शीर्षकबाट १५ अर्ब २२ करोड ४२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको १३ अर्ब ८ करोड २ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, घरबहाल कर शीर्षकबाट ४० करोड ५३ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २५ करोड ५१ लाख ४३ हजार रुपैयाँ, ब्याजबाट ७ अर्ब ७१ करोड ६१ लाख ७७ हजार रुपैयाँ संकलन गर्ने...
