अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मेल्लेख गाउँपालिका-७ सुयडमा सोमबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ ऋषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी छन् ।
यस्तै, घाइते हुनेमा सोही वडाका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी छन् भने घाइते भएका एक जना बालकको विवरण हालसम्म खुलेको छैन । घाइते तीन जनाको उपचारका लागि जिल्लाको बयलपाटा अस्पताल पठाइएको अछाम प्रहरीका निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश ००१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको र कारण खोजी भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका व्यत्तिहरु साँफेबगर-मेल्लेख सडक खण्डका कामदारहरु रहेको बताइएको...
