Sunday, August 2

स्वास्थ्य

जन्तेढुङ्गा गाउँपालिकामा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट

जन्तेढुङ्गा गाउँपालिकामा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ११ पुस । जन्तेढुङ्गा गाउँपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको छ । देशभर जाडो बढेसँगै आफ्नो गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई चिसोका कारण लाग्ने विभिन्न प्रकारका रोगबाट बचाउन गाउँपालिकाले न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाभित्रका ५१५ जना जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गर्ने कार्यक्रम अनुसार पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा २९ जना जेष्ठ नागरिकलाई वितरण गरिएको छ । ‘हाम्रो साझा अभियान, जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मुल नाराका साथ गाउँपालिकाको कार्यालय चिसापानी बजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरु गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको न्यानो ज्याकेट पाएपछि हर्षित भएका छन् । गाउँपालिकाभित्र रहनुभएका बाँकी ४८६ जना जेष्ठ नागरिकलाई भने ...
ऐसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग

ऐसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २६ मङ्सिर । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा खानेपानी योजना सञ्चालन गर्नका लागि ‘एक्सन फर नेपाल’ले आर्थिक सहयोग गर्ने भएको छ । वडा नं. २ बाकाचोलको लुबेरा–बादेल खानेपानी योजना र वडा नं. ७ माक्पाको रोलुखोला–नोरुङ खानेपानी योजना सञ्चालन गर्नका लागि एक्सन फर नेपालले रु ९३ लाख ५५ हजार १४५ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो । लुबेरा–बादेल खानेपानी योजना रु एक करोड ३६ लाख ८४ हजार ७८५ तथा रोलुखोला–नोरुङ खानेपानी योजना रु ४२ लाख ७२ हजार ९५८ लागतमा सञ्चलन हुँदै छ । आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न हुनेगरी सञ्चालन गर्न लागिएको खानेपानी योजना सञ्चालनका लागि एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समितिबीच शुक्रबार त्रिपक्षीय सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिनुभएको छ । त्रिपक्षीय सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख गीरेन्द्रबहादु राई...
वयोधा अस्पतालमा युवकको मृत्यु प्रकरण : अस्पतालले २० लाख दिएपछि भयो सहमति

वयोधा अस्पतालमा युवकको मृत्यु प्रकरण : अस्पतालले २० लाख दिएपछि भयो सहमति

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २५ मङ्सिर । आफै स्कुटर चलाएर उपचारका लागि अस्पताल पुगेका खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका प्रभिसन राईको मृत्यु प्रकरणमा आफन्त र अस्पतालबीच सहमति भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि यही मङ्सिर–२२ गते राति काठमाडौँको बल्खुस्थित वयोधा अस्पताल पुगेका २६ वर्षीय प्रभिसनको सोही राति मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका थिए । घाँटी दुख्ने र घाँटीमा केही अड्केजस्तो भएर स्वास–प्रश्वासमा समस्या आएपछि राति १२.५५ बजे अस्पताल पुगेका प्रभिसनको सोही रातको करिब ३ः५२ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले आन्दोलन सुरु गरेका थिए । प्रभिसनको मृत्यु भएलगत्तैदेखि अस्पताल प्रशासनबिरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएका आफन्त र अस्पताल प्रशासनबीच आज (बिहीबार) भएको दुई पक्षीय वार्ता सफल भएपछि आन्दोलन रोकिएको छ । आफै स्कुटर चलाएर उपचारमा गएका मृत...
आगामी पुस–२६ र २७ गते दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने

आगामी पुस–२६ र २७ गते दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १० मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी पुस–२६ र २७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल काठमाडौँको संयुक्त आयोजनामा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालको भवनमा सञ्चालन हुने शिविरमा मानसिक रोग, जनरल फिजिसियन, मुटु, मिर्गौला, स्त्रीरोग, दाँत, नसा, छाला तथा हाडजोर्नी सम्बन्धी सेवा उपलब्ध गराइने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरमा इसिजी, एक्स–रे, भिडियो एक्स–रे, ल्याब टेस्ट र निःशुल्क औषधि वितरणसमेत गरिने नगरपालिकाले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविर सम्बन्धी नगरप्रमुख भट्टराई र ओम हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ र सञ्चालक टंक श्रेष्ठको उपस्थिति...

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २ भदौ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन आज (सोमबार) दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजि गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ । लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्...

खोटाङमा डेङ्गु र स्क्रबटाईफसको सङ्क्रमण बढ्दै, चार जनालाई काठमाडौँ रिफर गरियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाईफसको सङ्क्रमण देखिएको हो । डेङ्गु र स्क्रबटाईफसका सङ्क्रमण देखिएका बिरामीमध्ये दुई÷दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभएको छ । जिल्लाबाट रिफर गरिएका उनीहरु सबैजनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जोखिम बढेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ । जिल्लाका छ÷छ जना महिला÷पुरुषमा डेङ्गु तथा नौँ पुरुष र पाँच जना महिलामा स्क्रबटाईफसको सङ्क...

प्रथम राष्ट्रिय कोदो दिवस : खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएको हो । कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य रु ५० राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं. २ सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई लगायतले संयुक्तरुपमा सार्वजनिकीकरण गर्नुभएको छ । शुभम् फाउण्डेशनमा ...

साकेलामा अपाङ्ता भएका नागरिकका लागि सहायता समाग्री वितरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ साउन । साकेला गाउँपालिकाले अपाङ्ता भएका नागरिकको सहजताका लागि सहायता समाग्री वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको अपाङ्ता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका नागरिकहरुलाई सेतो छडी, श्रवणयन्त्र र हिँडडुल गर्न प्रयोग हुने कुइनो वैशाखी वितरण गरेको हो । जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकाले सबै प्रकारका नागरिकको सहजताका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाभित्र पर्ने सबै वडाका नागरिकलाई उपलब्ध गराउनेगरी सुरुवात गरिएको कार्यक्रम अन्तरगत बिहीबार वडा नं. २ रतन्छाका दश जना नागरिक सहायक समाग्रीहरु हस्तान्तरण गरिएको हो । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले सहायक सामग्री हस्तान्तरण गर्नुभएको छ । अन्य वडाका अपाङ्गता भएका नागरिकहरुलाई क्रमश सहायक समाग्रीहरु वितरण ग...

कुवा तथा खोलाको पानी उपभोग गर्न बाध्य दिप्सुङवासीका १०१ घरमा स्वच्छ खानेपानी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १२ साउन । केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित बिसुदुका ४३ घर स्थानीयवासीको घर–घरमा धारामार्फत स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका दिप्सुङवासीका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक धारा’ कार्यक्रममार्फत घर–घरमा धारा निर्माण गरेर स्वच्छ खानेपानी उपलब्ध गराइएको हो । स्थानीय सङखोला मुहानबाट आठ हजार ७९२ मिटर लामो पोलेथिन पाइप प्रयोग गरेर ल्याइएको पानी विभिन्न ठाउँमा छ÷छवटा सङ्कलन तथा वितरण ट्याङ्की निर्माण गरेर उपभोक्ताको घर–घरमा निर्माण गरिएको धारामार्फत खानेपानी वितरण गरिएको जनाइएको छ । जी फोण्डेशन नेपालको आर्थिक तथा प्राविधि सहयोगमा सञ्चालन गरिएको ‘दिप्सुङ खानेपानी परियोजना’बाट स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि दिप्सुङस्थित बिसुदुका ४३ घरका २२४ जना उपभोक्ता लाभान्वित भएका छन् । तत्कालीन जिल्ला विकास समि...

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २६ असार । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५८ जना नागरिक लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले अर्खौले बजारमा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न वडाबाट आएका ८४ जना महिला र ७४ जना पुरुषगरी १५८ जना नागरिक लाभान्वित भएका हुन् । रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी (कर्नेल) केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोली निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको छ । निःशुल्क स्वास्थ्य शिविरका लागि जिल्ला अस्पताल खोटाङले विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी तथा औषधि उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय र नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएको थियो । नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै बिपन्न समुदायमा जन्मिएका नागरिकलाई गाउँमै निःशु...