जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको निर्णय
खोटाङ, १२ जेठ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
वि.सं. २०४९ वैशाख–१ गते स्थापना भएर १५ श्ययामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्न गत वैशाख–१ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । लामो समयसम्म १५ श्यया क्षमताको सुविधासहित सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० श्ययामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको अस्पताल भवनको कामसमेत अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट पारित गरेर मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरिएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार...
