निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ ।
अध्यक्ष थापाले आज सामाजिक सञ्चाल ट्वीटरमार्फत यसबारे जानकारी गराएका हुन् । आयोगले राप्रपा नेपाललाई गाई चिन्ह नदिएपछि अदालत जान लागेको थापाले बताए ।
‘कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ थापाले ट्वीटरमा लेखेका छन् ।...
