बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ । कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ ।
सञ्चय कोष शाखा कार्यालयका प्रमुख ध्रुव तिवारीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ७९ सञ्चयकर्तालाई त्रिचालीस करोड नब्बे लाख अठासी हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताए । दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप ५४ करोड ५६ लाख रुपैयाँ प्रदान गरिएको उनको भनाइ थियो
“बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको सङ्ख्या बढ्दै गएको छ ।” प्रमुख तिवारीले भने, “सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि...
