मुग्लिन छेउ त्रिशूली नदीमा ट्रक खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।
ट्रकको केही भागमात्र बाहिर देखिएको बताइएको छ ।
२०७९ श्रावण २७, शुक्रबार ०८:५६२०७९ श्रावण २७, शुक्रबार ०८:५६२०७९ श्रावण २७, शुक्रबार ०८:५६ by खाँटी कुराNo Comments
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिए ।...
२०७९ श्रावण २७, शुक्रबार ०८:५२२०७९ श्रावण २७, शुक्रबार ०८:५२२०७९ श्रावण २७, शुक्रबार ०८:५२ by खाँटी कुराNo Comments
आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ ।
काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो ।
पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ । तर, यो वर्ष आज नै रक्षाबन्धन पनि रहेकाले देशभर सार्वजनिक बिदा छ ।...
२०७९ श्रावण २७, शुक्रबार ०८:४१२०७९ श्रावण २७, शुक्रबार ०८:४१२०७९ श्रावण २७, शुक्रबार ०८:४१ by खाँटी कुराNo Comments
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवे...
२०७९ श्रावण २६, बिहीबार १३:२९२०७९ श्रावण २६, बिहीबार १३:२९२०७९ श्रावण २६, बिहीबार १३:२९ by खाँटी कुराNo Comments
शुक्रबार र शनिबार दुई दिनको सार्वजनिक बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन आयल निगमको थानकोट डिपोले पेट्रोल पम्पहरुलाई आग्रह गरेको छ ।
बिहीबार बागमती पेट्रोलियम डिलर्स एसोसिएसन र काभ्रे पेटोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै डिपो प्रमुख सैलेन्द्र भुसालले आफ्नो पूर्ण क्षमताअनुसार तेल भर्न र बिक्री वितरण नियमित राख्न आग्रह गरेका हुन् ।
यो साता शुक्रबार जनैपूर्णिमाका कारण दुई दिन लगातर सार्वजनिक बिदा परेको छ । दुई दिन डिपोबाट इन्धन वितरण नहुँदा बजारमा अभाव सृजना नहोस भन्न पम्पहरुलाई सचेत गराइएको डिपोको भनाइ छ । बिहीबार पछि एकैचोटी आइतबार निगमको डिपो खुल्नेछ ।...
२०७९ श्रावण २६, बिहीबार १३:२६२०७९ श्रावण २६, बिहीबार १३:२६२०७९ श्रावण २६, बिहीबार १३:२६ by खाँटी कुराNo Comments
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् ।
माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ ।
नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।’
भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।...
२०७९ बैशाख १२, सोमबार १७:२८२०७९ बैशाख १२, सोमबार १७:२८२०७९ बैशाख १२, सोमबार १७:२८ by खाँटी कुराNo Comments
जिल्लाको मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको छ । नेपाली काँग्रेस गठबन्धनलाई छाडेर एक्लै चुनामा गएपछि गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मनोनयन गर्ने अन्तिम सयमा आएर उम्मेदवार परिवर्तन गरेको हो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट नगरपालिका माओवादीबाट प्रमुखमा दीपक प्रसाई र उप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मन्थली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र रामेछापका सचिव संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र मन्जु माझीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।
मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालबाट लबकुमार श्रेष्ठ र ईश्वरी बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली काँग्रेसबाट यो नगरपालिका प्रमुख र उपप्रमु...
२०७९ बैशाख ९, शुक्रबार १४:१३२०७९ बैशाख ९, शुक्रबार १४:१३२०७९ बैशाख ९, शुक्रबार १४:१३ by खाँटी कुराNo Comments
नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारेको छ ।
एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रका बीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
२०७९ बैशाख ९, शुक्रबार १४:१०२०७९ बैशाख ९, शुक्रबार १४:१०२०७९ बैशाख ९, शुक्रबार १४:१० by खाँटी कुराNo Comments
जाजरकोटमा तीन नाल भरुवा बन्दुक फेला परेको छ । जिल्लाका फरक-फरक स्थानबाट प्रहरीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरी चौकी पैंकबाट गस्तीमा गएको प्रहरीको टोलीले कुशे गाउँपालिका–८, बिजुलीडाँडास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको छ ।
यसैगरी छेडागाड नगरपालिका–५ चिसापानीबाट र सोही नगरपालिका-२ मजेरीस्थित जंगलबाट ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
२०७९ बैशाख ९, शुक्रबार १४:०५२०७९ बैशाख ९, शुक्रबार १४:०५२०७९ बैशाख ९, शुक्रबार १४:०५ by खाँटी कुराNo Comments
संविधान सभाकी सदस्य एंव पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गर्ने भएकी छन्।
शेर्पाले आफू आजै एमाले प्रवेश गर्न लागेको जानकारी दिइन्। एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पालगायतलाई अहिले केहीबेरमा पार्टी प्रवेश गराउँदै छन्।
शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।
माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो।
मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।
...