सचेतनाका कार्यक्रमका सहित विश्व डाउन सिनड्रोम दिवस मनाउँदै डाउन सिनड्रोम समाज नेपाल
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
डाउन सिनड्रोम समाज नेपालले संयुक्त राष्ट्र सङ्घले तय गरेको ‘डाउन सिनड्रोम अवस्था प्रतिको परम्परागत नकारात्मक सोचको अन्त्य गरौँ’ भन्ने नारा सहित १३ औ अन्तर्राष्ट्रिय विश्व डाउन सिनड्रोम दिवस मनाउँदै छ ।
दिवसका अवसरमा डाउन सिनड्रोमबारे जानकारीमूलक अन्तरक्रिया,खेलकुद,नृत्य जस्ता रचनात्मक कार्यक्रम समेत आयोजना गरिने आयोजकले बताएका छन् ।
डाउन सिनड्रोम समाज नेपालले १३ औ विश्व डाउन सिनड्रोम दिवसका अवसरमा मार्च १० तारिका दिन अर्थात् फागुन २६ गते समावेशी सांस्कृतिक साँझ को आयोजना गर्दै छ ।यसै गरि मार्च २१ अर्थात चैत ८ गते विश्व डाउन सिनड्रोम दिवसको अवसरमा पहिलो युवा सम्मेलन र मार्च २९ तारिकमा डाउन सिनड्रोम अपाङ्गता भएका बालबालिकाहरू सहित आउट डोर लगायतका कार्यक्रमहरूको आयोजना गरिने डाउन सिनड्रोम समाज नेपालकी अध्यक्ष एवं अभिभावक शिला थापाले बताइन् ।
डाउन सिनड्रोम अपाङ्गताको विषयमा जनचे...
